Like us!
Follow us!
Connect us!
Watch us!

‘मागे जति दाइजो नपाएपछि हत्या’

मिलन खड्का

विहीबार, ०९ जेठ २०७६, २० : ४४ मा प्रकाशित

‘मागे जति दाइजो नपाएपछि हत्या’

–काशीराम शर्मा

अर्थ संसार, काठमाडौं–बाँकेमा मागे जति दाइजो नदिएको निहुँमा जानकी गाउँपालिका–३, इन्द्रपुरकी २१ वर्षीया नीरा कुर्मीको हत्या भएको बताइएको छ । गत वर्षको वैशाखमा डुडुवा गाउँपालिका–३, वनकट्टीका २२ वर्षीय राममनोहर कुर्मीसँग विवाह भएको नीराको माइती पक्षले हत्या भएको दाबी गरेको छ ।

नेपालगञ्जमा आज माइती पक्षले पत्रकार सम्मेलन गरी विवाहपछि राममनोहरले दाइजो नदिएको भन्दै पटकपटक कुटपिट गर्ने गरेको र दाइजो नपाएकै कारण हत्या भएको दाबी गरेको छ । नीराका बुबा राधेश्याम कुर्मीका अनुसार दाइजो नल्याएको भन्दै राममनोहर र उनका परिवारले पटकपटक कुटपिट गर्दै आएको नीराले माइतीमा बताउँदै आएकी थिइन् ।

मरणासन्न हुने गरी कुटपिट भएपछि गत माघ १ गते भेरी अस्पतालमा भर्नासमेत भएकी थिइन् । विवाहमा रु सात लाख खर्च गरेका माइती पक्षले छोरीमाथिको अन्याय सहन नसकेर गएको वैशाखमा पुनः १ लाख बराबरको सोफा, दराजलगायतका सामग्री राममनोहरलाई दिएको नीराका बुबा राधेश्यामले बताउनुभयो । 

त्यसपछि पनि मोटरसाइकल नदिएको भन्दै राममनोहरले पटकपटक कुटपिट गरेका थिए । बारम्बार कुटपिट हुन थालेपछि न्याय माग्दै माइती पक्षले जिल्ला प्रहरी कार्यालय बाँकेको महिला सेलमा उजुरी दिएपछि आगामी दिनमा गल्ती नदोहो¥याउने भन्दै माफी मागेर नीरालाई घर लगेका थिए । तर यही जेठ २ गते दिउँसो नीरा झुण्डिएको अवस्थामा फेला परेपछि माइती पक्षले आत्महत्या नभई हत्या भएको दाबी गरेको छ ।

“आत्महत्या होइन, घर परिवारले मिलेर हत्या गरेको हो”, नीराका बुबा राधेश्यामले भन्नुभयो, “मेरो छोरीको हत्या गर्ने परिवारलाई कडा कारवाही हुनुपर्छ ।” आत्महत्या हो वा होइन भन्ने विषयमा प्रहरीले अनुसन्धानका लागि नीराका श्रीमान् राममनोहरलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले बताउनुभयो । 

यसैबीच, बाँकेकै कोहलपुरस्थित साझा चोकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मोटरसाइकल र ट्र्याक्टर आपसमा ठोक्किँदा मोटरसाइकल चालक कोहलपुर–८ का ६० वर्षीय खड्कबहादुर घर्तीमगरको मृत्यु भएको हो । मोटरसाइकलमा सवार ५५ वर्षीया श्यामकला घर्ती गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । 

घाइते श्यामकलाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि लखनउ लगिएको छ । नेपालगञ्जबाट कोहलपुर जाँदै गरेको भे १ त ६४६९ नम्बरको ट्र्याक्टर र कोहलपुरबाट नेपालगञ्जतर्फ आउँदै गरेको भे ४ प ७३२९ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । ट्र्याक्टर र चालकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको