Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा कोक पनि नखाने मान्छे बिदेश गएपछि कसरी जड्याहा ?

आइतबार, २२ भदौ २०७६, १० : ५७ मा प्रकाशित

नेपालमा कोक पनि नखाने मान्छे बिदेश गएपछि कसरी जड्याहा ?

बिहान उठेर नुहाइवरी अफिस जाने तयारी गर्दै  ब्रेकफास्टको लागि के टेवलमा बसेको थिए, त्यतिकैमा इमोको घन्टी बज्यो, यसो हेरेको त नेपालबाट  चिरपरिचित आफ्नै गाउँको भाउजु हुनुहुने रहेछ ।

फोन रिसिभ गरे अनि कुरा शुरु भयो ।  बाबु नमस्ते, सन्चै हुनुहुन्छ ? नमस्ते भाउजू,  म ठिकै छु, अनि हजुर नि । म  पनि ठिकै छु । बाबु ,  दाइ  खाडी मुलुकबाट पनि  नेपाल नआएको  दश बर्ष भैसक्यो । यहाँ छोराछोरीले पनि बाबाको निकै नियास्रो मानिरहेका छन् । लौन कता के कस्तो अवस्थामा  हुनुहुन्छ, यसो खोजखवर गरेर नेपाल पठाइदिनु पर्यो । खाडीमा जति बर्ष बसे पनि पिआर, ग्रीनकार्ड हुने होइन क्यारे । हस्, हुन्छ भाउजू के र छ म बुझेर हजुरलाई खवर गर्छु  । हस्,  बाबू दाइको जसरी भए पनि खोजी गर्नुहोला है, भन्दै फोन राख्नु भयो ।   

यि दाइ दश बर्षसम्म पनि नेपाल नगइ किन बिदेश बसेका होलान् कौतुहलता बढन थाल्यो ।  उहाँको अवस्था के रहेछ पत्ता लगाउनु पर्यो भन्दै खोजिनितीमा लागे । खाडी मुलुकमा अलि लामो समय बसेको एक जना दाइ मार्फत उहाको सम्पर्क नम्बर पत्ता लाग्यो । साँझ अकोमोडेसनमा गएर शान्तसँग  कुरा गर्नुपर्ला भन्दै नम्बर टिपेर  ल्याए ।

साँझ फोन गरे, बुढा त पुरै झ्याप पारामा हेल्लोलोलो गर्छन् । म त पुरै अचम्मित भए । खाडी मुलुकमा मदिरा सेवन गर्न पाइदैन भनेको नेपालमा सुनेको थिए तर बुढा त पुरै झ्यापमा बोल्छन्  । म त पहिलो चोटि पुरै अचम्मित भए । नेपालमा कोक पनि नखाने मान्छे बिदेशमा  आएर कसरी  पुरै जड्याहा भए त ?  होईन यिनको के पारा हो भन्ने बुझ्दै जाँदा त अहिले केहि खाडी मुलुकहरुमा  मदिरा खुकुलो पारिएको  रहेछ ।  कुनै कुनै स्थानमा नेपालीहरुले  आफ्नै तवरले रक्सी बनाउदा रहेछन् ।  कतै कतै भने ट्वाइलेट सफा गर्ने एक रसायन पनि नसाको रूपमा सेवन गर्ने रहेछन् ।

बुढा पुरै नशाको तालमा भन्दै थिए तिमी त  मेरो आफ्नै भाइ जस्तो लाग्छ, भाउजूको नेपालमा  खबर के छ ? भन न  । आजकल त म  त्यसलाई फोन गर्न पनि छोडिदिए,  पैसा पठाउन पनि छोडिदिए । आज भोलि त म उ त्यो पल्ला गाउँ कि मैयासँग लिभिङ टुगेदर बस्छु । पैसा त म नेपाल कि लाई होईन पल्ला गाउँकीलाई पो दिन्छु । जब उ भ्याकेसनमा जान्छे तलब आयो कि डिस्को तिर जान्छु, यस्ता माल त कति कति,  छानीछानी पाइन्छ , कुन देशको माल चाहियो ।

हिजोसम्म मलाई के लाग्थ्यो भने वैदेशिक रोजगारमा जाने दाजुहरुले दु:ख गर्छन् , भाउजुहरुले कम मिहिनेत गर्छन् । तर होईन रहेछ नेपालमा भाउजूहरुले निकै दु:ख गर्ने तर बिदेशमा दाजुहरु रमाउने पनि धेरैको  रहेछ, तिनीहरुको   समाचारमा नआएर मात्र रहेछ ।

समाचारमा   म के पढ्थे भने वैदेशिक रोजगारीबाट पठाएको पैसा लिएर श्रीमती फरार ।  तर आजबाट मलाई के प्रष्ट  भयो भने  वैदेशिक रोजगारीमा आएर लिभिङ टुगेदर बस्ने,  डेटिङ विथ सेटिङ जाने, नेपालमा बस्ने श्रीमति , छोराछोरीलाई पैसा नपठाइ बिचल्ली पार्ने धेरै श्रीमानहरु बिदेशमा रहेछन्, जुन कुराहरु मिडियामा कम मात्रामा आएर  रहेछ  । जुन कुरा समाचारको हेडलाईनमा  नआएर मात्र रहेछ ।  वैदेशिक रोजगारीमा   आएका श्रीमानको श्रीमती  परपुरुषसँग भागे समाचार बनाइने तर वैदेशिक रोजगारको शिलशिलामा  परस्त्री ल्याए ढाक छोप गरिने कारण महिलालाई मात्र बढी दोषी देखाइने रहेछ  ।

विदेशमा आएर महिलाले अन्य पुरुषसँग यसरी शारीरिक सम्बन्ध सहित बसेको थाहा पाएको भए  उक्त  महिलाको परिवारले उनलाई  सहजरूपमा  स्वीकारथ्यो होला  त ? तर, ती भाउजू भने दाइको  यता यस्तो हालत  थाहा पाउदा पाउदै पनि यी दाजुको मीठो  प्रतीक्षामा छिन ।

वैदेशिक रोजगारीमा जानेको  पारिवारिक बिचलन वा बिखण्डन हुनुमा महिलाको दोष बढी देखाइन्छ वा समाचार बनाइन्छ । जुन नितान्त गलत रहेछ ।  वैदेशिक रोजगारीमा रहने कैयन पुरुषहरुले बिदेशी मुलुकमा  रहदा आफ्नो श्रीमती बाहेक अन्य महिलाहरुसँग यौन सम्बन्ध कायम राख्छन् यो सत्य नै हो तर त्यो समाचार बनाइदैन । तर त्यस्तै प्रकारको यौन सम्बन्ध महिलाले राखे झ्याली पिटिइन्छ । महिलालाई बेश्या, रण्डीको उपमा दिइन्छ तर किन पुरुषलाई रण्डो भनिदैन, जिगोलो पुरुष भनिदैन  ।

त्यही काम पुरुषले गरे सामान्य रूपमा लिइन्छ तर महिलाले गरे पुरै आकाश खसे जस्तो बनाइन्छ । कैयन लेबर क्याम्पहरुमा   केटा केटासँगै बसेर निला चलचित्र हेर्छन् तर महिला लेबर क्याम्पमा महिला महिलासँगै बसेर निलो चलचित्र हेरेको थाहा पाए भोलिबाट निलोचलचित्र हेर्ने पुरुषले नै महिलालाई चरित्रहिन महिलाको सज्ञा दिन्छन  । काम एउटै तर समाजले हेर्ने दृष्टिकोण फरक फरक  । कहिलेकाही कतिसम्म हुन्छ भने बिदाको दिन पारिवारिक नजिकको नाता सम्बन्ध पर्ने ज्वाइँ जेठान, साला भेना, दाजुभाइ  एउटै बेश्यालयमा अकस्मात जम्काभेट हुँदा पनि तै चुप मै चुप, यहाँ जे जे भयो भयो नेपाल गएर केहि नभन्ने है  भन्दै आ-आफ्नो बाटो लाग्छन्  ।

अहिले आएर मलाई सोच्न बाध्य बनायो । विदेशमा आएर महिलाले अन्य पुरुषसँग यसरी शारीरिक सम्बन्ध सहित बसेको थाहा पाएको भए  उक्त  महिलाको परिवारले उनलाई  सहजरूपमा  स्वीकारथ्यो होला  त ? तर, ती भाउजू भने दाइको  यता यस्तो हालत  थाहा पाउदा पाउदै पनि यी दाजुको मीठो  प्रतीक्षामा छिन ।

यहाँ नेपाली नेपालीले कसरी सम्म माया प्रेम गर्छन् भने  मेरो भाइ, केटा वा केटिको घर बाट फोन आयो भने केटा पनि चुप केटि पनि चुप घरमा  शुरु शुरु कुरा गर्छन्  । घरको फोन राखे पछि यता अङगालो  मार्न शुरु गर्छन्  । भाइ दश बर्ष खाडीमा बसियो केहि गर्न सकिएन ।

नेपाल बसेको श्रीमतीलाई विभिन्न शंका उपशंकाले हेर्ने श्रीमान आफै परस्त्रीको खोजीमा छ । वैदेशिक रोजगारीमा रहनेको पारिवारिक बिखण्डन हुनुमा महिलाको  मात्र होईन कि  पुरुषको पनि उतिकै हात छ । फेसबुक, इमो, भाइबर , फोनमा सेक्स च्याट, यौन जन्य गतिविधि , कुराकानी गर्दा पुरुषलाई सामान्य रूपमा लिने  तर महिलालाई चाहिँ खराब दृष्टिकोणले हेर्ने  । काम एउटै तर समाजले हेर्ने दृष्टिकोण फरक फरक , सोचाइ फरक फरक ।

उनी नशा तालमा  भन्दै थिए, मेरो भाइ नेपालमा अझै खाडी मुलुक टाइट छ भन्ने भ्रम छ । नेपालमा बिग्रेएको श्रीमान अरब पठाए सुध्रेर आउछ भन्ने भनाइ कुनै जमानामा  थियो तर अहिले त्यो अवस्था  छैन ।  कतिपय  कुरा गरी साध्य छैन, कुरा गर्यो कुरैको दु:ख । अस्ति एउटा अर्को देशको मित्रले भन्दै थियोे, नेपाली माल बहुत आच्छा हो ता हे, यो भन्दा यो मनमा कम्ता पिर परेन भाइ । मन चसक्क पोल्यो । के गर्नु भाइ । सबैको आआफ्नो पिडा छ, समस्या छ ।

यहाँ नेपाली नेपालीले कसरी सम्म माया प्रेम गर्छन् भने  मेरो भाइ, केटा वा केटिको घर बाट फोन आयो भने केटा पनि चुप केटि पनि चुप घरमा  शुरु शुरु कुरा गर्छन्  । घरको फोन राखे पछि यता अङगालो  मार्न शुरु गर्छन्  । भाइ दश बर्ष खाडीमा बसियो केहि गर्न सकिएन । अहिले त घर जान पनि लाज लाग्न थाल्यो, के मुख लिएर जानू  । पैसा भरी यतै सक्काइयो । केहि बचत गर्न सकिएन । 

यतिक्कैमा महिला चिच्याएको आवाज सुनियो, हु इज दिस ? भाइ अहिले फोन राखे है भन्दै दाइले फोन राखी दिए । यि कुरा सुन्दा त  मेरो शरीरबाट खलखल पसिना आएको थियोे । कतै एसिको तापक्रम बढी त छैन भनी एसिको तापक्रम हेर्दा  रिमोटमा   बाईस डिग्री नै  थियो । एसि ठिकै भएर के गर्नु मनमा उकुसमुकुस भए  पछि खलखली पसिना आउने नै रहेछ   ।

नेपालमा कोक पनि नखाने दाजु बिदेशमा यस्तो हालतमा छन्, नेपालमा रहेकी  सतिसावित्री जस्ती श्रीमती भएकि श्रीमानको बिदेशमा यो अवस्था छ, यो कुरा  भाउजूलाई कसरी सुनाउने होला, के भन्ने होला, किकर्तब्यबिमुढ ! ! !

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको