Like us!
Follow us!
Connect us!
Watch us!

करोडौँको नक्कली भारु लिन जाँदा यूनुस अन्सारी पक्राउ

शुक्रबार, १० जेठ २०७६, १६ : ०० मा प्रकाशित

करोडौँको नक्कली भारु लिन जाँदा यूनुस अन्सारी पक्राउ

अर्थ संसार, काठमाडौं– नेपाल प्रहरीले करोडौँको नक्कली भारतीय रुपैयाँ लिन जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यूनुसमिया अन्सारीसहित छ जनालाई पक्राउ गरेको छ ।

पाकिस्तानबाट कतार हुँदै नेपाल भित्रिएको नक्कली भारतीय रुपैयाँ लिन जाने क्रममा उनीहरुलाई आज बिहान ९ः३० बजे विमानस्थलबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो ।

अन्सारी यसअघि पनि विभिन्न घटनामा मुछिएका व्यक्ति हुन् । ठूलो परिमाणमा नक्कली रुपैयाँ रहेकाले घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अन्सारीसँगै अन्य दुई नेपाली र तीन पाकिस्तानी पनि पक्राउ परेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिनुभयो ।

“एउटा सुटकेसको रकम गन्दा तीन करोड ५० लाख नक्कली भारु फेला परेको छ, अझै दुई सुटकेसको रकम गन्न बाँकी नै छ”, रञ्जितकाले जानकारी दिनुभयो । पक्राउपर्नेमा अन्सारीसहित सोपल खान र सुजन रानाभाट तथा पाकिस्तानी नागरिक मोहम्मद अख्तर, नासिर उद्दिन र नाजीया अनुवर रहेका छन् । पाकिस्तानीहरु कतार एयरवेजबाट पैसा ल्याउँदै गरेका थिए भने अन्सारीसहित तीन जना पैसा लिन विमानस्थल पुगेका थिए । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको