Like us!
Follow us!
Connect us!
Watch us!

महंगी बढ्नुमा दशैको पैसा पनि जिम्मेवार

आइतबार, १६ असोज २०७३, १४ : ५० मा प्रकाशित

महंगी बढ्नुमा दशैको पैसा पनि जिम्मेवार


अर्थ संसार 
काठमाडौं–अन्य समयमाभन्दा दशैको अवसरमा उपभोक्ताहरुले जुनसुकै सामाग्रीमा केही रकम बढी तिरिरहेका हुन्छन् ।  दशैंको समयमा अरु बेलाभन्दा उपभोक्ताको हातमा बढी रकम हुने भएकोले उनीहरुले धेरै रकम तिरेको महसुस भने गर्दैनन् । दशैमा लत्ता कपडा, मरमसलालगायतका अत्यावश्यक सामग्री किन्न ५० हजार रुपैयाँ छुट्याएकोमा त्यतिले नपुगेको बताउँछन् बाग्लुङका हरी पाठक । उनी भन्छन्–गत साल मैले ३० हजार रुपैयाँमा आफ्नो किनमेल सकाएको थिएँ तर यो साल पुगेन । के गर्नु दशै भएकोले जत्ति महंगो भए पनि चाहिने सामग्री त किन्नै पर्यो । अन्य समयमा पाँच महिनामा गर्ने व्यापार दशैको अवसरमा एक महिनामा नै हुने भएकोले मागमा बृद्धि भएपनि आपुर्तिमा कमी आउने हुँदा दशैमा करिव दोव्वर नै महंगो हुने व्यापारीहरु पनि स्वीकार्छन ।


दशैको समयमा मात्र बढी व्यापार हुने र सोही समयको कमाइले नै करिव आधा महिना धान्न पर्ने भएकोले पनि अन्य समयमा भन्दा महंगोमा बेचेको बताउँछन् असनस्थित चेलीबेटी साडी सोरुमका आनन्दराज श्रेष्ठ । दशैमा बढी खर्च गर्न सरकारले नै उक्साइ रहेको अर्थशास्त्रीहरु बताउँछन् ।अर्थशास्त्रीहरुका अनुसार सरकारले दशैमा बढी खर्च गर्न सरकारी कर्मचारीहरुलाई थप पेस्की रकमसमेत प्रदान गर्ने गरेको छ भने गैरसरकारी कामदारहरुले पनि दशैंमा तलव बरारबको पेस्की रकम पाउने गरेका छन् ।

दशैमा सरकारी कर्मचारीहरु (वहालवाला र अवकास प्राप्त) लाई पेस्की खर्चका लागि मात्र सरकारले बर्षेनी ३० करोडभन्दा बढी रुपैयाँ खर्च गर्दै आएको छ । उक्त रकम उपभोग्य सामग्रीमै खर्च हुने गरेको छ ।अन्य समयभन्दा जनतासँग दशैको अवसरमा दोव्वर रकम हुने भएकोले उनीहरुले दशैमा जत्ति महंगो भए पनि सामग्री किन्ने गरेका छन् । दशैको अवसरमा भएको मूल्यबृद्धिलाई तत्काल सरकारले आवश्यक कदम चालेर नियन्त्रण गर्न नसके वर्षभरि मूल्यबृद्धि हुने गर्दछ । चालु आर्थिक वर्षको पहिलो महिनामा ८.६ प्रतिशत मूल्यबृद्धि रहको छ ।

भर्खरै नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको रिपोर्टअनुसार नेपालमा करिव २८ प्रतिशत मात्र वचत हुने गरेको भए पनि १.१ प्रतिशत मात्र उत्पादनमूलक क्षेत्रमा लगानी हुने गरेको छ । बाँकी उपभोग्य बस्तु खरिदमै खर्च हुने गरेको छ । अझ भन्ने हो भने बचत भएको २८ प्रतिशत पनि घर वा जग्गामा खर्च हुने गरेको छ । यसरी खर्च हुँदा मूल्यबृद्धि हुने गरेको अर्थविद्हरुको दावी छ ।
 
उपभोग्य बस्तुको खपतमा आएको बृद्धिले व्यापार घाटा बढाएको छ । आर्थिक वर्ष २०७३÷७४ को पहिलो महिनामै व्यापार घाटा ६३ अर्ब ७६ करोड पुगेको छ ।छिमेकी चिनमा कुल गार्हस्थ उत्पादनको ५० प्रतिशत र भारतमा भने कुल गार्हस्थ उत्पादनको ४५ प्रतिशत बचत हुने गरेको छ । जसका कारण ती देशहरुको मूल्य बृद्धि एकल अंकमा मात्र हुने गरेको छ । सरकारले बजार अनुगमन कार्यलाई  तिव्र र शसक्त बनाइ कालोबजारी गर्नेलाई कडा कारबाही गरे मात्र मूल्य बृद्धि नियन्त्रण हुने अर्थविद्हरुको भनाइ रहेको छ ।

नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक भष्करमणी ज्ञवालीका अनुसार दशैमा अन्य समयमा भन्दा करिव ३० अर्व रेमिट्यान्स नेपाल भित्रने गरेकोले पनि मुल्य बृद्धि हुन्छ । सरकारले अनुगमन र कारबाहीलाई तिव्रता दिएकोले पनि  मूल्यबृद्धि नियन्त्रणका लागि केही सहज हुने उनको भनाइ रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको