Like us!
Follow us!
Connect us!
Watch us!

सात प्रतिशत आर्थिक वृद्धिदर रहने

सोमबार, १३ जेठ २०७६, १५ : ५५ मा प्रकाशित

सात प्रतिशत आर्थिक वृद्धिदर रहने

  •  भीष्मराज ओझा

  • कृष्णराज गौतम

अर्थ संसार, काठमाडौँ–आर्थिक वर्ष २०७५\०७६ मा सात प्रतिशत आर्थिक वृद्धिदर रहने प्रारम्भिक अनुमान गरिएको छ । सरकारले चालू आवको आठ महीनाको आर्थिक सर्वेक्षण आज सार्वजनिक गर्दै यस अवधिमा औसत मुद्रास्फीति दर चार दशमलव दुई प्रतिशत रहने जनाएको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले प्रतिनिधिभामा सार्वजनिक गर्नुभएको आर्थिक सर्वेक्षणअनुसार चालू आवमा मुलुकका अधिकांश आर्थिक, सामाजिक तथा भौतिक पूर्वाधार विकासका परिसूचक उत्साहजनक रहेको उल्लेख गरिएको छ ।

राजनीतिक स्थायित्व कायम भएसँगै लगानीको वातावरणमा आएको सुधार, विद्युत्को नियमित उपलब्धता तथा स्थानीय तहबाट पनि विकासका गतिविधि बढेका कारणसमेत अर्थतन्त्र उच्च आर्थिक वृद्धिको मार्गमा अघि बढेको हो ।

आर्थिक क्रियाकलापमा भएको विस्तारका कारण प्रतिव्यक्ति आम्दानी बढेको, कूल गार्हस्थ्य उत्पादनमा भएको वृद्धिसँगै बचत गर्ने क्षमता पनि बढेको, विगत धैरै दशकमा पहिलोपटक आन्तरिक बचतले कूल गार्हस्थ्य उत्पादनको २० प्रतिशत नाघेको जनाइएको छ । यसले राष्ट्रिय पूँजी निर्माणमा उल्लेख्य योगदान पुग्नेछ ।

आन्तरिक एवम् बाह्य लगानी आकर्षित गर्न भएका नीतिगत एवम् कानूनी सुधारको परिणाम दिगो एवम् उच्च आर्थिक वृद्धिको मार्ग प्रशस्त हुँदै गएको छ । उच्च लगानीका लागि औद्योगिक तथा पूँजीगत सामानको आयात बढ्दै जाँदा र निर्यातको आकार सीमित हुँदा उच्च व्यापार घाटा कायमै रहेको छ । यसबाट शोधनान्तर स्थितिमा र विदेशी विनिमय सञ्चितिमा समेत चाप परेको सर्वेक्षणमा उल्लेख छ । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको