Like us!
Follow us!
Connect us!
Watch us!

सगरमाथाको उचाईमा गलफत्ती र नाममा पुनर्विचार !

बुधबार, १५ जेठ २०७६, ०६ : १९ मा प्रकाशित

सगरमाथाको उचाईमा गलफत्ती र नाममा पुनर्विचार !

विश्वमा रहेका हिमाल र हिमाल आरोहणको इतिहासमा सगरमाथा अर्थात् चोमोलुङमाको जत्ति चर्चा सायदै अरु कुनै हिमालको भएको होला ! एक त सगरमाथा अर्थात् चोमोलुङमा विश्वकै अग्लो हिमचुुचुरो, त्यसमाथि सुरुमा खोज तथा अनुसन्धानकर्ता र पर्वतारोहीहरुले अनेक नाम र उचाई होला भनी अनुमान गरिएको हिमचुचुरो ।

त्यसमाथि विश्वकै अग्लो चिहमचुचुरो त भै नै हाल्यो, –‘सगरमाथा अर्थात् चोमोलुङमा ।’ जुन हिमालको उचाई नेपालतर्पm हालसम्म ८ हजार ८ सय ४८ मिटर मानिएको छ भने चीनतर्पm ८ हजार ८ सय ४४ मिटर मान्ने गरिएको छ ।

हुन त अहिले आएर सगरमाथाको नामको सम्बन्धमा भने लगभग विवाद सकिएको जस्तो देखिए तापनि उचाईका सम्बन्धमा भने अझै पनि विवादहरु आइरहन्छ । कारण कतिपय अवस्थामा हामी नेपालीहरुको कमी–कमजोरीको फाइदा उठाउँदै विश्वका शक्तिशाली देशका विज्ञ भनिनेहरुले नेपाल सरकारसँग अनुमति नै नलिई जताभावी आपैm सगरमाथाको उचाई नापेर तिम्रो देशमा रहेको हिमालको उचाई यत्ति हो, त्यसैले हामीले नापेको/पत्ता लगाएको यही उचाईलाई सगरमाथाको आधिकारिक उचाई मान ! भनेर सुझाव वा दवाव नै दिने गर्छन् । जस्तै अमेरिका, इटाली लगायत देशका विषय विज्ञहरु यस्तो कामका लागि अघि सर्ने गरेका थिए । खासमा सगरमाथाको असली हकदार नेपाल र चीन हो ।

त्यसैले चीन सरकारको नापी विभागले आप्mनो सीमातर्पm सन् २००५ मा आपैmले सगरमाथाको उचाई नापेर ८ हजार ८ सय ४४ मिटर भनी नयाँ उचाई पत्ता लगायो । र, आपूmले पत्ता लगाएको नयाँ उचाईलाई आधिकारिक मान्न नेपाल सरकारलाई समेत आग्रह गर्दै आएको छ । त्यति मात्रै होइन, त्यसपछिका मितिदेखि चीन सरकारले आप्mनो सीमा (तिब्बत) तर्फबाट चोमोलुङमा चढ्ने हरेक पर्वतारोहीहरुलाई प्रमाणपत्र दिँदा आपूmले पत्ता लगाएको नयाँ उचाई अर्थात् ८ हजार ८ सय ४४ मिटर भनी प्रस्टसँग प्रमाणपत्रमै उल्लेख गरेर दिने गरेको छ ।

उता अमेरिका, इटाली लगायत देशले भने सगरमाथाको साविक उचाई (८,८४८ मिटर) बढेर ८ हजार ८ सय ५० मिटर भएको बताउँदै आएको छ । त्यसरी सगरमाथाको उचाई बढेको भनी दावी गर्ने देशका भू–गर्भ विज्ञहरुले दिने तर्क के छ भने, अहिले सगरमाथा लगायत हिमालय पर्वत श्रृङ्खला भएको क्षेत्रमा लगभग २ करोड ५० लाख वर्षअघि टेथिस सागर थियो । सो भाग बढ्ने (उचाई लिने !) क्रममा नै हिमालय श्रृङ्ला बनेको हो, जसलाई भूगोल विषय अध्ययन गर्ने विज्ञहरुले ‘अप–हिभल सिस्टम’ भन्ने गर्छन् । यसरी सगरमाथा मात्रै नभएर प्रायः सबै हिमालहरुको उचाई हरेक वर्ष ०.२ सेन्टीमिटर बढ्ने गरेको छ ।

तर, अहिलेसम्म सगरमाथाको कुन उचाईलाई अधिकारिक मान्ने ? भन्ने सन्दर्भमा नेपाल सरकारले न त चीन सरकारको आग्रहलाई मानेको छ, न त अमेरिकन वा इटालीयनहरुको सुझावलाई नै । बरु अहिलेसम्म सन् १९५५ मा अन्तिमपटक पत्ता लगाइएको र हालसम्म कायम रहेको ८ हजार ८ सय ४८ मिटरलाई नै आधिकारिक उचाई मान्दै आएको छ । तर, सन् २०१४ मा आएको भूकम्प लगायत अन्य कारणहरुले सगमाथाको उचाईमा साँच्चै केही फेर–बदल (घटेको वा बढेको) आएको छ कि त ? भनी धेरैपछि नेपाल सरकार भूमिसधार मन्त्रालयको मातहतमा रहेको नापी विभागले पनि यस विषयमा चासो लियो । त्यसैअनुसार विसं २०७३/०७४ मा नापी विभागले नेपाल सरकार अर्थ मन्त्रालयमा बजेट माग गरेर पठायो ।

अर्थ मन्त्रालयले पनि आर्थिक वर्ष २०७४\०७५ को वार्षिक बजेटमा सगरमाथाको उचाई नाप्ने कामका लागि लगभग १७ करोड बजेट विनियोजन गरेको थियो । सोहीअनुसार यो वर्षको वसन्त ऋृतु (गत जेठ ८ गते) मा नापी विभागका कर्मचारीहरुको एक टोली जो सगरमाथाको उचाई नाप्न तथा विस्तृत अध्ययन गर्न भनी गएको थियो, सो टोलीले सफलतापूर्वक सगरमाथा अर्थात् चोमोलुङमा चढेर काठमाण्डौ फर्की सकेका छन् । तर, उक्त टोली गरेको सगरमाथाको विस्तृत अध्ययन प्रतिवेदन वाहिर आउन कम्तिमा पनि ६ महिना लाग्ने बताइएको छ ।

सगरमाथाको खोज अनुसन्धान कहिलेदखि सुरु भयो ?

हो, यसरी हेर्दा सगरमाथाको खोजीको कुरो गर्दा आजभन्दा लगभग १ सय ७० वर्ष अघिसम्म पुग्नुपर्ने हुन्छ । किनभने, सगरमाथा अर्थात् चोमोलुङमाको नापचाँजको कुरो गर्दा प्रथमपटक सन् १८५२ मा सगरमाथा अर्थात् चोमोलुङ्माको विषयमा खोज अनुसन्धान शुरु भएको देखिन्छ । सँग–सँगै सगरमाथा अर्थात् चोमोलुङ्माको उचाईका बारेमा पनि खोज–अनुसन्धान र नाप– चाँच  हुँदै गयो । त्यस क्रममा पटक–पटक चोमोलुङ्माको उचाई नाप्ने क्रम चल्यो । अहिले पनि बेलाबेला चोमोलुङमाको उचाई कहिले घटेको कहिले बढेको भनी चर्चा चल्ने गरेको छ भन्ने त माथि नै विस्तृतमा उल्लेख भएकै छ । सायद भविश्यमा पनि यो क्रम टुंगिने छैन !

यसरी चोमोलुङ्माको उचाई नाप्ने क्रममा हेर्दा सन् १८५२ मा ८,८४० मिटर, सन् १८५४ मा ८,८४८ मिटर, सन् १८८० देखि १९०२ सम्म ८,८८२ मिटर, सन् १९९९ मा ८,८५० मिटर र, पछिल्लोपटक सन् २००५ मा चीन सरकारले गरेको अध्ययन अनुसार ८,८४४ मिटर मानिएको छ । तापनि नेपाल सरकारले भने हालसम्म ८,८४८ मिटरलाई नै चोमोलुङ्माको आधिकारिक उचाई मान्दै आएको छ भनी माथि नै उल्लेख भएको छ । उता फ्रेन्च लेखकद्वय ए. पोउसबिन र एस. टेसोनले भने आफ्नो पुस्तकमा चोमोलुङ्माको उचाई ८,८४६ मिटर भनी लेखेका छन् । त्यस्तै ‘वेस्टरम्यान’ नामक विदेशी संस्थाले छापेको विश्वको नक्सामाचाहिंँ सगरमाथा अर्थात् चोमोलुङ्माको उचाई ८,८७२ मिटर भनी लेखिएको÷उल्लेख गरिएको छ । यसरी हेर्दा न त विगतमा चोमोलुङ्माको उचाई एक नासको थियो, न त भविश्यमा नै एक नासको रहला ! अझ भू–गर्भ वैज्ञानिकहरुको कुरो मान्ने हो भने त हजारौं बर्षअघि सगरमाथा अर्थात् चोमोलुङ्माको उचाई अहिलेको भन्दा दोब्बर अग्लो थियो ।

नाम पनि स्थानीय भाषामा अर्थात् चोमोलुङमा भनी राख्ने कि ?

हाल नेपालीहरुमाझ सगरमाथा र विदेशीहरुमाझ माउन्ट एभरेस्ट भनेर बढी चिनिने चोमोलुङमाको सुरुको र स्थानीय नाम चोमोलुङमा नै हो । संभवतः पहलिोपटक ‘सगर’+‘माथा’ सगरमाथा भनी ई. सं.१९३८ मा इतिहास शिरोमणि बाबुराम आचार्यले शारदा (वर्ष ४ अंक ५) मा एक लेख लेखेर (विसं १९९४/१९९५ मा) चोमोलुङमाको नाम खस नेपाली भाषामा ‘सगरमाथा’ राखेका थिए ।

हाल सोही नाम नै नेपालीहरुमाभ व्यापक प्रचलनमा आएको/रहेको छ । जबकि हजारौं वर्ष अघिदेखि उक्त क्षेत्रमा बसोवास गर्दै आएका किराती कुलुङ, शेर्पा लगायत आदिवासी जनजातिहरुले सगरमाथालाई ‘सगरमाथा’ नभनेर चोमोलुङमा भनेरै पुकार्थे । अभैm पनि उनीहरु सगरमाथालाई ‘चोमोलुङमा’ भनेरै पुकार्छन् । त्यसैले अब नेपाल सरकार र राज्य पक्षका सम्पूर्ण महानुभावहरुले सगरमाथाको नामलाई पनि स्थानीयकरण गरेर चोमोलुङमा राख्नका लागि उदारता देखाएमा आदि अनादि कालदेखि उक्त क्षेत्रमा बस्दै आएका किराती कुलुङ, शेर्पा लगायत आदि आदिवासी जनजातिका साथै सम्पूर्ण नेपालीहरुमा अपनत्वको नयाँ भावना जाग्ने थियो कि ? भन्ने यो केही नजान्ने कुलुङेको सोचाइ हो, सगरमाथा होइन, चोमोलुङमा नै  हुनुपर्छ भन्ने होइन !

[email protected]   

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको