Like us!
Follow us!
Connect us!
Watch us!

विश्वविद्यालयले कृषक मेला गर्ने

कमला भुसाल

बुधबार, १५ जेठ २०७६, १३ : ०१ मा प्रकाशित

विश्वविद्यालयले कृषक मेला गर्ने

अर्थ संसार, चितवन-  कृषि तथा वन विज्ञान विश्वविद्यालयको दशौँ स्थापना दिवसको अवसर पारेर यही जेठ ३२ देखि असार ३ गतेसम्म कृषि प्रदर्शनी तथा कृषक मेलाको आयोजना गरिने भएको छ । मेला विश्वविद्यालयको रामपुरमा रहेको कृषि सङ्कायको परिसरमा गर्न लागिएको हो ।

मेला सचिवालयका संयोजक प्राडा अर्जुन श्रेष्ठका अनुसार मेलामा कृषिसँग सम्बन्धित ५० वटा कक्ष रहनेछन् । ती कक्ष हरुमा कृषि यान्त्रिकीकरण र कृषि पदार्थ, बीउ बिजनको उत्पादक र बिक्रेता, कृषिमा सम्बन्धित बीमा कम्पनी र बैंक, कृषिको सूचना प्रविधि, कृषिसँग सम्बन्धित सरकारी र गैरसरकारी संस्था, नर्सरी र व्यावसायिक तरकारी बिक्रेताको सहभागिता रहने श्रेष्ठले जानकारी दिए ।

हरेक वर्ष आयोजना गर्ने गरी शुरु गर्न लागिएको मेलामा हरेक दिन चितवन र आसपासका क्षेत्रमा व्यावसायिक तरकारी र फलफूल खेतीमा देखापरेका समस्याबारे अन्तरक्रिया गरिनेछ । सो अवसरमा कृषि वैज्ञानिकहरुसँग कृषकले प्रत्यक्ष रुपमा भेटेर आफ्नो समस्या राख्न सक्ने विश्वविद्यालयले जनाएको छ । अध्ययन अनुसन्धान र प्रसारको काम गर्ने गरी विसं २०६७ असारमा स्थापना भएको सो विश्वविद्यालयले अनुसन्धानका क्रममा प्राप्त गरेका उपलब्धिहरुलाई कृषकसमक्ष पुर्याउन मेला उपयोगी हुने श्रेष्ठको भनाइ छ ।

मेलाको सहआयोजकमा भरतपुर महानगरपालिका, प्रदेश नं ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय रहेका छन् भने प्रवद्र्धकमा उद्योग वाणिज्य सङ्घ चितवन रहेको छ । रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको