Like us!
Follow us!
Connect us!
Watch us!

क्यान इन्फोटेक २ लाखले गरे अबलोकन

सोमबार, १७ माघ २०७३, १४ : ४७ मा प्रकाशित

क्यान इन्फोटेक २ लाखले गरे अबलोकन

अर्थ संसार
काठमाडौं– भृकुटीमण्डपमा जारी ‘सुबिसु क्यान ईन्फोटेक २०१७’ को चौथौ दिन आइतबार ६७ हजार ३ सय ८ जनाले अवलोकन गरेका छन् । मेलामा अहिलेसम्म २ लाख ७ हजार ५८ जनाले अवलोकन गरिसकेको आयोजकको दावी छ ।

प्रदर्शनीमा सहभागी सर्बसाधारणको भिडले नेपालमा सूचना प्रविधिप्रति आम सर्वसाधारणको चासो बढेको आभास भएको महासंघको भनाइ छ । विगतका वर्षहरुमा युवाहरुको मात्र प्रभुत्व रहने क्यान इन्फोटेकमा यस वर्ष बयस्कहरुको पनि बाहुल्यता रहेको पाइएको क्यानले जनाएको छ । 

इन्फोटेकमा सहभागि कम्पनी तथा डिष्ट्रिब्युसनहरु मध्ये केहीले नयाँ उत्पादन विशेष स्किमसहित सार्वजनिक गरेका छन्  । व्यवसायीहरुले ल्याएको  नगद छुट, निःशुल्क जडान, फ्रि सर्भिस, उपहारलगायतका अफरहरुले अवलोकनकर्ताहरुलाई उत्साहित बनाएको छ ।

प्रदर्शनीमा फोटोकपी, प्रिन्टर, प्रोजेक्टर, स्क्यानर, एटेन्डेन्स मेशिन, राउटर, सिसिटिभी, जेनेरेटर, ब्याट्री, सोलार, युपीएस, ल्यापटपहरु तथा एन्ड्रोइड स्मार्ट टिभीहरु, स्मार्टफोन÷ट्याब्लेट, एन्टीभाइरस र इन्टरनेट सेक्युरिटी, हेडफोन, पावर बैंक, मेमोरी कार्ड, पेनड्राइभलगायतका स्टल भरिभराउ छन् । 


प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आईसीटी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसन्स्, पेमेन्ट सोलुसन्स्लगायत गरी १ सय ५८ कम्पनीका २२२ स्टल छन । मेला मंगलबारसम्म चल्ने छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको