Like us!
Follow us!
Connect us!
Watch us!

विश्वकप क्रिकेट २०१९: पहिलो खेलमा आयोजक इंग्ल्याण्डले दक्षिण अफ्रिकालाई हरायो , आज पाकिस्तान र वेस्ट ईन्डिज भिड्दै (फोटो सहित)

मिलन खड्का

शुक्रबार, १७ जेठ २०७६, १३ : ४२ मा प्रकाशित

विश्वकप क्रिकेट २०१९: पहिलो खेलमा आयोजक इंग्ल्याण्डले दक्षिण अफ्रिकालाई हरायो , आज पाकिस्तान र वेस्ट ईन्डिज भिड्दै (फोटो सहित)

अर्थ संसार,  लण्डन-  १२औँ संस्करणको क्रिकेट विश्वकपको पहिलो खेलमा आयोजक इंग्ल्याण्डले दक्षिण अफ्रिकालाई १०४ रनको फराकिलो अन्तरले पराजित गर्दै आफूलाई उपाधीको बलियो दाबेदारको रुपमा प्रस्तुत गरेको छ।  

लण्डनको द ओभल स्टेडियममा बिहीबार भएको विश्वकप २०१९ को पहिलो खेलमा ३१२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २०७ रनमा अलआउट भएको थियो ।

दक्षिण अफ्रिकाले ३९.५ ओभरमा सबै विकेट गुमाएको थियो । दक्षिण अफ्रिकाका लागि क्विन्टन डी ककले ६८ र हि भान डेर डुसेनले ५० रन बनाउनुका अलवा अन्य खेलाडीको प्रदर्शन उल्लेखनीय रहेन ।

इंग्ल्यान्डका जोफ्रा आर्चरले ३, लियाम पलंकिट र बेन स्टोक्सले समान २(२ विकेट लिएका थिए । घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डका चार खेलाडीले अर्धशतक प्रहार गरेर ३११ रना बनाएको थियो ।

जोसन रोय ५४ रन, जाव रुट ५१ रन, कप्तान इयोन मोर्गन ५७ रन र बेन स्टोक्सको ८९ रनको मद्दतमा इंग्ल्यान्डले ८ विकेट गुमाएर ३११ रन बनाएको थियो ।

बलिङतर्फ दक्षिण अफ्रिकाका लुंगी नागिदीले ३ तथा इमरान ताहिर र कगिसो रबाडाले समान २–२ विकेट लिएका थिए । खेलको प्लेयर अफ द म्याच बेन स्टोक्स बनेका थिए ।

आईसीसी विश्वकप क्रिकेटमा आज पाकिस्तान र वेस्ट ईन्डिजबीच प्रतिस्पर्धा हुदैछ । खेल इङल्याण्डको नोटिङ्गहममा दिउसो सबा तीन बजे शुरु हुनेछ ।

5cf0e13c11cf5.jpg 5cf0e13c22f86.jpg 5cf0e13c3e99c.jpg 5cf0e13c42634.jpg 5cf0e13c6d164.jpg 5cf0e13c74010.jpg 5cf0e13c8c7e3.jpg 5cf0e13ca83f0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको