Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन लाइफद्वारा वैदेशीक रोजगार अन्तर्गतको मृत्यु दाबी भुक्तानी

कमला भुसाल

आइतबार, १९ जेठ २०७६, १६ : १३ मा प्रकाशित

सिटिजन लाइफद्वारा वैदेशीक रोजगार अन्तर्गतको मृत्यु दाबी भुक्तानी

अर्थ संसार, काठमाडौं– सिटिजन लाइफ इन्स्योरेन्सले वैदेशीक रोजगार अन्तर्गत यस आर्थिक वर्षको सातौं मृत्यु दाबी भुक्तानीवापतको रकमभुक्तानी गरेको छ । 

कम्पनीले सोलुखुम्बु नगरपालिका घर भइ माल्दिभ्समा बसी काम गर्दै आएकी रमिता बिकको असामयिक भएको मृत्यु वापत उनको ६ वर्षिया सुपुत्र सिमन बिकलाई १४ लाख बराबरको रकम हस्तान्तरण गरेको हो । उक्त रकम इन्स्योरेन्सका सिइओ दशरथ मणी खड्काले बीमा हस्तान्तरण गरे । 

ग्राहकवर्गको सुरक्षा र निश्चिन्तताको लागि सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नेपालमै पहिलो पटक ल्याएको सिटिजन जीवन सारथी र क्रिटिकल केयर प्लस जस्ता नवीन तथा नौलो योजनाहरुले ग्राहकहरुको मन जित्न सफल भएको छ । 

जीवन सारथी योजनाअन्तर्गत बीमितले ९० वर्षको उमेरसम्म पैसा पाउने छन भने क्रिटिकल केयर प्लस मार्फत बीमितले सर्वाधिक २० घातक रोगहरु विरुद्ध ५० लाख सम्मको औषधि उपचार खर्च प्राप्त गर्नेछन् । 

नेपालभर फैलिएका ग्राहकहरुलाई सेवा प्रदान गर्ने क्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नेपालका ७३ विभिन्न ठाँउहरुमा आफ्नो शाखा विस्तार गरेको छ । साथै कम्पनीले हालसालै सिटिजन वार्षिक अग्रिम भुक्तानी बीमा योजना सार्वजनिक गरेको थियो ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको