Like us!
Follow us!
Connect us!
Watch us!

पञ्चकन्या माई र युनिभर्सल पावरको एजिएम सोमबार, यस्ता एजेण्डा पारित गर्दै

अर्थ संसार

आइतबार, १९ जेठ २०७६, १६ : १६ मा प्रकाशित

पञ्चकन्या माई र युनिभर्सल पावरको  एजिएम सोमबार, यस्ता एजेण्डा पारित गर्दै

अर्थ संसार, काठमाडौं-सोमबार अर्थात जेठ २० गते पञ्चकन्या माई हाइड्रोपावर र युनिभर्सल पावर कम्पनीको साधारणसभा हुँदैछ ।

दुवै कम्पनीले गत वर्षको खुद मुनाफाबाट लाभांश प्रस्ताव सहित आफ्नो प्रमुख एजेण्डाहरु पारित गर्न साधारणसभा डाकेका हुन् ।

पञ्चकन्या माई हाइड्रोपावरले कुपोण्डोल ब्यांकेट, कुपोण्डोल ललितपुरमा बिहान ११ बजे साधारणसभा डोकेको छ । साधारणसभामा आर्थिक वर्ष २०७३–७४ र २०७४–७५ को वित्तीय विवरणमा छलफल लगायत चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव  पारित गर्नेछ ।

पञ्चकन्या माईले साधारण सभाका लागि जेठ २ गतेदेखि २० गतेसम्म बुक क्लोज गरेको छ । जेठ १ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।

यता, युनिभर्सल पावर कम्पनीले पनि सोही दिन अमृतभाग क्याटरर्स प्रा.लि. कालिकास्थान मा  वार्षिक साधारण सभा गर्ने भएको हो । सभामा संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने एजेन्डा रहेको छ । यस्तै, आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने प्रस्ताव पेश हुनेछ ।

सभामा कम्पनीले आर्थिक वर्ष २०७५/७६ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले वैशाख २२ गतेदेखि नै बुक क्लोज गरिसकेको छ । वैशाख २१ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको