Like us!
Follow us!
Connect us!
Watch us!

ब्राण्ड पहिचान अद्यावधिक गर्दै ओपो

कमला भुसाल

आइतबार, १९ जेठ २०७६, १७ : ४९ मा प्रकाशित

ब्राण्ड पहिचान अद्यावधिक गर्दै ओपो

अर्थ संसार, काठमाडौं– उपभोक्ता केन्द्रित आफ्ना सिद्धान्तलाई थप सुदृढ गर्दै वैश्विक रुपमै अग्रणी स्मार्टफोन ब्राण्ड, ओपोले आफ्नो नयाँ ब्राण्ड पहिचान (ब्राण्ड आइडेन्टिटी) प्रस्तुत गरेको छ । नयाँ ब्राण्ड आईडेन्टिटीले गुणस्तर, कलात्मकता र हरेक विवरणमा पृथकता केन्द्रित ब्राण्डको अद्यावधित पहिचान प्रस्तुत गरेको छ । स्मार्टफोनमा नव प्रबद्र्धनकालागि अग्रणीका रुपमा परिचत ओपोले नयाँ ब्राण्ड आईडेन्टिीटी निर्माणका लागि न्यूयोर्कको पेन्टाग्रामका ख्यातीप्राप्त डिजाइनर, एडी ओपारासंग सहकार्य गरेको छ । 

ओपोको नयाँ ब्राण्ड आईडेन्टिटीले सफलतापूर्वक कम्पनीको रोमाञ्चक विकास र हालको बृद्धि तथा सफलता प्रतिबिम्बित गरेको छ । नयाँ ब्राण्ड ईमेजरीले थप सरल र सममित लोगो अनावरण गरेको छ । ओपोको विशेष कर्भ (बक्र)का साथचरितार्थ गरिएको नयाँलोगो पृथक तर निकै आकर्षक देखिन्छ । साथै, यसको डिजाइनमा श्रृजनशिलताका लागि पर्याप्त स्थान दिइएको छ ।  ईमेजरीमा नयाँ रंग प्रणाली (कलर सिष्टम) र भिज्यूअल ले–आउटका साथै कस्टम टाइपफेस, ओपो सान्सपनि समावेश गरिएको छ । 

नवप्रबद्र्धन तथा श्रजनशीलताका लागि निरन्तर्ताका साथै ओपोले आफ्नो उत्पादन पोर्टफोलियोमा नयाँ सिरिजका रुपमा रेनो सिरिज पनि सार्वजनिक गर्ने तयारी गरेको छ । श्रृजनशिलतालाई विशेष ध्यानमा राखि विकासित रेनो सिरिज पृथक सोच राख्ने श्रृजनशिल यूवा ट्रण्डसेटर्स लक्षित फोन हो ।

ओपोको रचनात्मक भिजनको प्रतीक रेनोले नेपालमा ओपो स्मार्टफोनको विकासका लागि आउँदो १० बर्षका लागि उत्पे्ररकको काम गर्ने कम्पनीको अनुमान छ । यही भिजनका साथ ओपोले नयाँ उत्पादन अवधारणा, डिजाइन दर्शन र संचार मोडलका साथमा ‘आई’म रेनो’ ब्राण्ड क्याम्पेन सञ्चालनमा ल्याएको छ । ‘आई’म रेनो’ क्याम्पेन अन्तर्गत ओपोले विश्वभरका प्रसिद्ध कलाकारसंग सहकार्य गरी श्रृजनशिलताको शक्तिदर्शाउने प्रयास गरेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको