Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ नोट साट्न ५ घण्टा लाईनमा (फोटो फिचर)

आइतबार, १६ असोज २०७३, १५ : ५१ मा प्रकाशित

नयाँ नोट साट्न ५ घण्टा लाईनमा   (फोटो फिचर)


अर्जुुन बस्नेत
काठमाडौं–थापाथलीस्थित नेपाल राष्ट्र वैंकको कार्यालयदेखि बाहिरको चोकसम्म यतिखेर लामो लाइन छ । यस्तो भिड बढाएको हो नयाँ नोटको मोहले । दशैमा नयाँ नोट साट्ने चलन पहिल्यै देखिको हो । नोट साट्नेको भिडले वैंक परिसर भरिएको छ । लाइनमा बस्ने बाहेक अरुले कार्यालय छिर्नै पाउँदैनन् ।

मध्यपश्चिमाञ्चल सुर्खेतका हरि लामिछाने विहान ८ वजे खाना खाएर लाईनमा आएका हुन् । अरुवेला ११ वजे खाना खाने लामिछाने दशैका लागि नयाँ नोट साट्न एका विहानै खाना खाएर हिँडे । दिउँसो १ वजेसम्म उनको नयाँ नोट साट्ने पालो आएको छैन । ‘यस्तो घाममा ४ घण्टा लाईनमा उभिँदा गलेर लखतरान भइयो, अझै पालो आउँदैन,’ उनले भने, ‘अझै आधा घण्टा कुर्नु पर्ने देखिन्छ ।’ उनले भने । भक्तपुर वस्दै आएका लामिछाने नयाँ नोट लिएर दशै मनाउँन घर जाने वताउँछन् ।

यस्तै अर्का इटहरी घर भई काठमाडौं बस्दै आएमा लक्ष्मी घिमिरे लाईनमा साथीहरुसँग रमाईलो गर्दै वसिरहेका थिए । लाईनमा उभिँदा दिक्क भएपछि सथीहरुसँग सयम कटाउन चुटकिला भन्दै थिए । ‘एकै ठाउँमा घन्टौं लाईन वसिरहदा दिक लाग्ने भएकाले साथीलाई जोक्स सुनाउँदै समय काट्दै छु,’ उनले भने । अरु कुनै वैंकले नयाँ नोट सकियो भनेपछि आफू राष्ट्र बैंक आएको उनले बताए । यहाँ आएपछि खाली हात फर्कनु नपर्ने उनलाई लागेको छ ।

सविता पाण्डे भने लाईनमा छाता ओढर पसिना पुच्छ्दै वसिरहेकी थिइन । चितवन घर भएर पेप्सीखोला बस्दै आएकी पाण्डे दशैंमा खुद्रा नोट धेरै चाहिने भएकाले साट्न आएको वताउँछिन् । खुद्रा नोट कतै नपाइने भएकाले वैंकमा धाउनु पर्ने वाध्यता भएको उनको भनाई छ । ‘दशैंमा केटकेटीलाई नयाँ नोट दिँदा खुसी हुने भएकाले माग धेरैं भएको हो जस्तो लाग्छ’ उनले भनिन् ।

यस्तै ठमेलमा रेस्टुरेन्ट चलाएर अरु वैंकमा लाखौको कारोवार गर्ने प्रदिप राईले समेत अन्यत्र नयाँ नोट पाएनन् । चर्को घाममा छाता ओडेर उनी थकित मुद्रमा वसिरहेका थिए । आफुले अरु वेला लाखौको कारोवार गर्ने वैंकमा नयाँ नोट साट्न जाँदा सकियो भनेकाले राष्ट्र वैंकमा आएको उनले वताए । अरु वैंकले आफन्तलाई मात्र नोट बाढ्ने गरेको उनले आरोप लगाए ।

यी त प्रतिनिधि पात्र मात्र हुन् । यस्ता चर्को घाममा घण्टौ लाईन बसेर नयाँ नोट साट्ने हजारौ थिए ।
ंदशैं नजिएपछि राष्ट्र बैंकले सर्वसाधारणलाई आइतबारदेखि नयाँ नोट वितरण सुरु गरेको हो । बैंकले थापाथलीस्थित बैंकिङ कार्यालय र मोफसलमा रहेका आफ्ना क्षेत्रीय कार्यालयबाट दसैंका लागि नयाँ नोट वितरण सुरु गरेको छ । वैंकले नयाँ नोट वितरण गर्न थालेपछि सर्वसाधरणले दशै सुरु भएको महसुस गर्न थालेका छन् ।

वैंकले प्रतिव्यक्ति ३७ हजारका दरले नयाँ नोट उपलव्ध गराएको वैंकका सहायक निर्देशक राजेन्द्र वज्राचार्यले जानकारी दिए । उनका अनुसार आईतवार पहिलो दिन ३ हजार जनालाई नयाँ नोट बाँड्ने योजना रहेको उनले वताए । ‘दिउँसो ३ वजेसम्म जति व्यक्तिले टोकन लिन्छन्, त्यतिलाई जति ढिला भए पनि नयाँ नोट बाँढ्ने सहायक निर्देशक वज्राचार्यले जानकारी दिए । बैंकले जेष्ठ नागरिक र अपाङ्गलाई भने लाईन नवसाई सिधै नोट साटेर पठाईने टोकन बाँड्न बसेकी राष्ट्र वैंककी कर्मचारी शान्ता पौडेलले वताईन् ।

राष्ट्र बैंकले बाणिज्य बैंक तथा वित्तीय संस्थाहरुलाई पनि गत शुुक्रबारदेखि सर्वसाधारणलाई सटही सुविधा उपलब्ध गराउन नयाँ नोट दिइरहेको छ । राष्ट्र बैंकका अनुसार यस वर्ष ८ अर्व रुपैयाँ बराबरको नयाँ नोट बजारमा पुर्याइएको छ । राष्ट्र बैंकका सहप्रबक्ता राजेन्द्र पण्डितका अनुसार यो सर्वसाधरणको लागि पर्याप्त हो ।

‘आठ अर्व रुपैयाँ नयाँ नोट बजारमा जाने हाम्रो अनुमान हो’ उनले भने ‘त्यसभन्दा बढी माग आए पनि हामी रकम उपलव्ध गराउन सक्छौ ।’ यसअघि २०६६ सालमा नोट छाप्ने कम्पनीले दिन ढिलाई गर्दा सर्वसाधरणले भने जति रकम पाएका थिएनन् । ‘यस वर्षदेखि हामीले नयाँ नोट साट्न पाइने सिमा बढाएका छौ’ पण्डितले भने, ‘गत वर्ष एक जनाले २२ हजारसम्म मात्र नयाँ नोट साट्न पाउने व्यवस्था थियो । यसपालिदेखि सिमा बढाएर ३७ हजार पुर्याइएको छ ।

यस पटक नोट साट्दा ५ रुपैयाँको २ प्याकेट, १० रुपैयाँको २ प्याकेट सटही दिइनेछ । यस्तै २०, ५० र १०० रुपैयाँको पनि २ प्याकेटसहित ३७ हजार रुपैयाँको नोट साट्न पाइने व्यवस्था छ । राष्ट्र बैंकका अनुसार २० रुपैयाँको नोट छाप्न १ रुपैयाँ ११ पैसा खर्च लागेको छ । यस्तै ५० रुपैयाँको १ रुपैयाँ ४८ पैसा, १०० रुपैयाँको २ रुपैयाँ १५ पैसा, ५०० रुपैयाँको २ रुपैयाँ ९२ पैसा र १००० रुपैयाँको १ रुपैयाँ ९० पैसा लागत लाग्ने गरेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको