Like us!
Follow us!
Connect us!
Watch us!

‘एनआईबिएल सहभागिता फण्ड’ अन्तरगत खुलामुखी योजनामा किन लगानी गर्ने ? यसो भन्छन– जेनेरल म्यानेजर मेख थापा (भिडियोसहित)

सोमबार, २० जेठ २०७६, १७ : ३३ मा प्रकाशित

पुँजी बजारसम्बन्धी ज्ञान  नभएका  धेरै लगानीकर्ता साथिहरु हुनुहुन्छ । पुँजी बजारमा कसरी लगानी गर्ने ? भनेर अझै लगानीकर्तालाई थाहा छैन ।

समय अभावका कारण पुँजी बजारमा सहभागि हुन नसकेका लगानीकर्ताको लागि सामुहिक लगानी योजनाहरुले पुँजी बजार र लगानीकर्ताहरुलाई जोड्ने पुलको काम गर्दछ । बन्दमुख म्युचुअल फण्ड चाहि नेपालको पुँजी बजारमा विगत केही वर्ष अघिदेखि नै छ ।

‘एनआईबिएल सहभागिता फण्ड’ नामक खुलामुखी योजना सामूहिक लगानी कोष नियमावली २०६७ र सामुहिक लगानी कोष निर्देशिका २०६९ जारी भए पश्चात निकासन गरिएको पहिलो खुलामुखी योजना हो ।

बन्द मुखी म्युचुअल फण्ड भन्दा खुलामुखी म्युचुअल फण्ड लगानीकर्ताको लागि धेरै सजिलो हुन्छ । किन भने लगानीकर्ताले आफूलाई चाहेको बेलामा यसका इकाईहरु खरिद गर्न सक्नु  सक्नुहुनेछ भने आफूलाई पैसा चाहिएको बेलामा तुरुन्त इकाईहरु बेच्न सक्नुहुनेछ ।

यसमा लगानीकर्ताले बचतको रुपमा पनि लगानी गर्न सक्नुहुनेछ । यस योजनाको महत्वपूर्ण कुरा भनेको लगानीकर्ताले आफूले जुनसुकै बेलामा हाम्रो एनआईबिएल एस क्यापिटलमा वा हाम्रो शाखाहरु , नेपाल इन्भेष्टमेण्ट बैंक र एनआईबिएल एस क्यापिटलले तोकेको जुनसुकै बैकमा गएर तुरुन्त खरिद गर्न र बिक्री गर्न सक्नुुहुनेछ । लगानीकर्ता यस योजनमा सहभागि हुँदा आफ्ना आम्दानी बढ्नेमा  ढुक्क हुनुहोस् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको