Like us!
Follow us!
Connect us!
Watch us!

करिब चार करोडको लागतमा १२ वटा कृषि सडक निर्माण

कमला भुसाल

मंगलबार, २१ जेठ २०७६, ०७ : १३ मा प्रकाशित

करिब चार करोडको लागतमा १२ वटा कृषि सडक निर्माण

अर्थ संसार, सिन्धुली - किसानका उत्पादनलाई बजारसम्म पु-याउने लक्ष्यका साथ सिन्धुलीमा १२ वटा कृषि सडक निर्माण सुरु भएको छ । किसानका उत्पादनलाई प्रोत्साहन गरि आयआर्जनमा जोड्नका लागि कृषि ज्ञान केन्द्रले उक्त सडक निर्माण गर्न थालेको हो ।

प्रदेश नं. ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तीन करोड ८१ लाख लागतमा उक्त सडकहरु निर्माण सुरु गरिएको कृषी ज्ञान केन्द्रका प्रमुख राजन ढकालले बताए । सिन्धुलीबाट १९ वटा सडकको लागि आवेदन परेकोमा मन्त्रालयकै कर्मचारीको टोलीले स्थलगत अध्ययन गरि छनौट गरेका १२ वटा साना कृषि सडकको निर्माण तथा मर्मतको काम भइरहेको छ ।

कमलामाई नगरपालिकामा चार वटा, दुधौली नगरपालिकामा चार वटा, गोलन्जोर गाँउपालिकामा दुई वटा र ध्याङलेख गाँउपालिकामा दुई वटा गरि १२ वटा सडक निर्माण भईरहेको ज्ञान केन्द्रले जनायो । बैशाख १३ गते स्थानीय उपभोक्तासँग सम्झौता भएपछि कृषि सडक निर्माणको काम तिव्र रुपले अगाडि बढेको केन्द्रले जनाएको छ । १२ वटा कृषि सडकको ८० प्रतिशत काम सकिईसकेको ढकालले बताए । बनिरहेका ती सडकहरुको लम्बाई कम्तिमा २६ सय मिटरदेखि १० किलोमिटरसम्मको रहेका छन् ।

कमलामाई नगरपालिकाको वडा नं. २ मा निपाने दमार –डुडखोला–तीनतले–खयरसाल–मछेनी सडक, वडा नं. ७ मा चुवारदेवीस्थान– थाक्लेफेदी सडक, वडा नं. ८ मा तीनतले माईशिर हुदै गोठखोलासम्मको सडक र वडा न ११ मा फिटिङ– भिरगाँउ–तेर्सेखड्कुले सडक भई रहेको छ। 

त्यस्तै दुधौली नगरपालिकाको वडा नं. २ मा रतनपुर बसनियादेखि तल्लो भलुवाही सडक, वडा नं. ५ मा मझौरामिल–रातमाटे रिठ्ठे औल–गुम्बा सडक, वडा नं. १० मा खत्रीचौर–धौले–मनवा सडक र वडा नं. १२ मा जिनाखु चियावगन–फिक्कल दमार सडक निर्माण भइरहेको छ ।

गोलान्जोर गाँउपालिका अन्तर्गत वडा नं. २ मा ३१ लाख रुपैयाको लागतमा बितिजोरखोला होमाल्डी हुदै फड्के धापचौकी सडक र वडा नं. ५ मा ३६ लाख रुपियाको लागतमा वडा कार्यालय–चिसापानी – भक्तिराम सडक घ्याङलेख गाँउपालिकाको वडा नं. १ मा ३६ लाख रुपैया लागतमा खट्टार–बुक्ति–पटबास सडक र चौतारा थलागाँउ–महाभारत सडक निर्माण भइरहेको छ । राजधानी दैनिकबाट 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको