Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारको सूचक गणना

विहीबार, २३ जेठ २०७६, ०९ : ३६ मा प्रकाशित

शेयर बजारको सूचक गणना

देशको आर्थीक अबस्था झल्काउने एउटा महत्वपुर्ण क्षेत्र हो शेयर बजार । त्यसैले त रेडियो, टेलिभिजन,पत्रपत्रिका,अनलाईन लगायतका संञ्चारमाध्यमका आर्थीक समाचारहरुमा शेयर बजारका अपडेटहरु समाबेश गरिएकै हुन्छन । या,भनौ सेयर बजारका समाचारहरु विना संञ्चार माध्यामहरुका आर्थीक बिटहरु पुर्ण रहन सक्दैनन्। त्यसैले पनि सेयर बजारको विकाश, विस्तार र सचेतनामा  सञ्चार माध्यामहरुको भुमिका अतुलनिय छ ।संञ्चार माध्यामहरुमा हामिले दिनहु सुन्ने या देख्ने गरेका छौ ।

कि शेयर बजार परिसुचक अघिल्लो दिनको तुलनामा यति अंकले बढ्यो या घट्यो भन्ने समाचारहरु । दैनिक कारोबारको आधारमा परिसुचकमा उताबचढाव आउने गर्छ।हामिले दैनिक समाचार र सुचनाहरुमा सुन्ने नेप्से परिसुचक के हो त ? यो कसरी गणना गरिन्छ?यो प्राविधिक पाटो भएकोले शेयर कारोबार गर्नेहरुलाई पनि यसको गणना विधिको बारेमाथाहानहुन सक्छ। आउनुहोस एकपटक जान्ने प्रयास गरौ नेपाल स्टक एक्सचेञ्जले गर्ने नेपाली पुजीबजारको परिसुचक  गणना विधि। नेपाल धितोपत्र बोर्डले दोस्रो बजारको सुचकाङक निम्न आधारमा गणना गर्ने ब्याबस्था गरेको छ।

(१)नेप्से परिसुचक

हामिले प्राय सुनिरहने सुचक हो नेप्से परिसुचक । यो नै पुँजी बजारको मापन गरिने महत्वपुर्ण परिसुचक हो।यसलाई अर्थतन्त्रकै ब्यारोमिटरको उपमा पनि दिईने गरिन्छ। सरकारको बजेट लगायतका विभिन्नआर्थीक प्रतिबेदनमाहरुमा देशको  शेयर बजारको अबस्था जनाउनको लागि यहि नेप्से परिुचकलाई नै समाबेश गरि हुन्छ।यसको गणना  नेप्सेमा सुचिकृत  संस्थापक र साधारण सेयर दुबैको आधार बर्ष मुल्य र बर्तमान शेयर मुल्यका आधारमा गरिन्छ। हाल नेप्सेमा सुचिकृत कुल  शेयर मध्ये करिब ६५ प्रतिशत संस्थापक र ३५ प्रतिशत साधारण समुहका शेयर छन्।सेयरको कारोबार धेरै पहिले देखि हुने गरेको भएपनि नेप्से परिसुचक भने वि स २०५० साल माघ ३० (ई स १९९४ फेव्रेवरी १२)गतेबाट आधिकारीक रुपमा गणना गर्न थालीएको हो।

(२)सेन्सेटिभ ईण्डेक्स


नेप्सेमा सुचिकृत क बर्गका कम्पनीहरुको परिसुचक हो सेन्सेटिभ ईण्डेक्स।नेप्सेमा क बर्गमा सुचिकृत कम्पीहरुको आधार बर्ष मुल्य र बर्तमान सेयर मुल्यका आधारमा यसको गणना गरिन्छ।धितोेपत्र सूचिकरण विनियमावली, २०५३ को विनियम १४ को उपविनियम (२) ले व्यवस्था गरेको शर्तहरु (चुक्ता पुँजी कम्तिमा रु.२ करोडभएको, साधारण शेयरधनीहरुको संख्याकम्तिमा १००० भएको, कम्तिमा तीनवर्ष देखि लगातार मूनाफामा रहेको, शेयरको किताबी मूल्य चुक्तामूल्यभन्दा कम नभएको र आर्थिक वर्ष समाप्त भएको छ महिना भित्र उक्त आर्थिक वर्षको कारोबार तथा आय–व्यय विवरण पेश गरेको) पूरा गर्ने कम्पनीहरुलाई नेपाल स्टक एक्सचेन्जले ‘क’वर्गमा वर्गीकृत गर्दै आएको छ । आर्थिक वर्ष २०७२/७३ मा १३१ वटा कम्पनीहरु ‘क’वर्गमा वर्गीकृत भएका छन । वर्गीकरण अनुसार वाणिज्य बैंक समूहबाट २६ अन्य समूहबाट १ जलविद्युत समूहबाट ३ होटल समूहबाट १,बीमा समूहबाट १७ वित्त समूहबाट २५विकास बैंक समूहबाट ५६उत्पादन तथा प्रसोधन समूहबाट १ कम्पनी ‘क’वर्गमा परेका छन् । त्यसमा अध्याबधिक हुने क्रम पनि जारि छ। नेप्सेले वि स २०६३ पौष १७ गते देखि सेन्सेटिभ ईण्डेक्सको गणना कार्यको सुरुवात गरेको हो।

(३) फ्लोट ईण्डेक्स

नेप्सेमा सुचिकृत सर्बसाधारणको लागि जारि भएका कारोबारयोग्य  सेयरको आधार मुल्य र बर्तमान मुल्यको आधारमा फ्लोट ईण्डेक्सको गणना गरिन्छ।नेप्सेमा सुचिकृत साधारण सेयर समुहका करिब ३५ प्रतिशत सेयरको उतावचढाबको आधारमा यसको गणना गरिन्छ। कारोबारिय सेयरहरुलाई आधार मानेर यसको गणना गरिने भएकोले यसबाट कारोबारको यथार्थपरक चित्रण हुन्छ। नेप्सेले यो परिसुचकको गणना २०६५ साल भाद्र ३० गतेदेखि सुरुवात गरेको हो।

(४) सेन्सेटिभ फ्लोट ईण्डेक्स

नेप्सेले क वर्गमा बर्गीकरण गरेका कारोबारयोग्य सेयरको आधार मुल्य र बर्तमान मुल्य लाई आधार मानेर यो सुचकाङक निकालिन्छ। क बर्गका कारोबार योग्य सेयरहरुको आधारमा यसको गणना हुने हुदा यसबाट वास्तविक सेन्सेटिभ ईण्डेक्स पत्ता लाग्छ । यसको सुरुवात पनि २०६५ भाद्र ३० बाट नै भएको हो।

(५) समुहगत परिसुचकहरु

नेप्सेले सेयर कारोबारको मापनगर्दा विभिन्न समुह छुट्टाएर पनिगर्ने गरेको छ।हाल नेप्सेले १२  वटा समुहगत परि सुचक मापनगर्ने गरेको छ।वाणिज्य बैकं,विकाश बैकं,वित्त कम्पनी, विमा , म्युचुवल फण्ड , होटल,उत्पादन तथा प्रशोधन,ब्यापार , जलविद्युत र अन्य समुहका परिसुचकहरु लाई नेप्सेले गणना गर्दै आईरहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको