Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा बैंकको शेयर किन्नु अघि लगानीकर्ताले हेरौं, यो कम्पनी विश्लेषण

अर्थ संसार

विहीबार, २३ जेठ २०७६, १० : ०८ मा प्रकाशित

सानिमा बैंकको शेयर किन्नु अघि लगानीकर्ताले हेरौं,  यो कम्पनी विश्लेषण

बैंकले चालू आवको तेस्रो त्रैमासमा रू. १ अर्ब ५७ करोड नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ३० प्रतिशत बढी हो । सो अवधिमा बैंकले रू. १ अर्ब २० करोड नाफा कमाएको थियो । हाल बैंकको चुक्तापूँजी रू. ८ अर्ब छ ।

बैंकले गत आवको नाफाबाट शेयरधनीलाई १४ प्रतिशत नगद लाभांश वितरण गरेको छ । तेस्रो त्रैमाससम्मा बैंकको वितरणयोग्य नाफा रू. १ अर्ब ११ करोड छ । प्रतिशेयर आम्दानी रू. २६ दशमलव ५२, मूल्य आम्दानी अनुपात ११ दशमलव ९९ र प्रतिशेयर नेटवर्थ रू. १ सय ४० दशमलव ३२ छ । मंगलवारको शेयर कारोबारमा बैंकको अन्तिम शेयरमूल्य अघिल्लो दिनभन्दा १ अंक घटेर रू. ३५३ कायम भएको छ ।

सानिमा बैंक : कम्पनी विश्लेषण (बुधवार, २२ जेठ २०७६)

कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम तीन दिनमा ब्रेकवे बियरिश आकृति भएको मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य बियरिश ट्रेन्डमा रिभर्स हुने संकेत गर्छ । यसको विश्वसनीयता भने उच्च छ । आरएसआई न्यूट्रल जोन ५० दशमलव ४३ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । स्ट्यान्डर्ड डेभिएशन २ दशमलव १५ विन्दुमा छ । उतारचढाव न्यून छ ।

यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग जोडिएका छन् । १४ दिने औसत मूल्यरेखा र २६ दिने औसत मूल्यरेखाभन्दा हालको मूल्य तल छ । मंगलवारको शेयरमूल्य रू. ३५३ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ३५९ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ३४० मा टेवा पाउने देखिन्छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको