Like us!
Follow us!
Connect us!
Watch us!

सगरमाथा इन्स्योरेन्सले गर्यो एजीएम आह्वान, के-के छन् एजेण्डा र प्रस्ताव ?

कमला भुसाल

विहीबार, २३ जेठ २०७६, १३ : ३५ मा प्रकाशित

सगरमाथा इन्स्योरेन्सले गर्यो एजीएम आह्वान, के-के छन् एजेण्डा र प्रस्ताव ?

अर्थ संसार, काठमाडौं- सगरमाथा इन्स्योरेन्सले आउँदो असार १३ गते साधारणसभा आह्वान गरेको छ।  सभा आम्रपाली बैंक्वेट भाटभटेनी, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

सभामा कम्पनीले  हाल कायम ५३ करोड ८२ लाख ९१ हजार ९०० रुपैयाँ चुक्ता पुँजीको ८६ प्रतिशत बोनस शेयरको प्रस्ताव पेश गर्नेछ। सभाबाट संस्थापक सेयरधनी समूहका ३ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन हुनेछ भने सञ्चालक समितिमा विदेशी लगानीकर्ता समूहबाट मनोनित १ जना र १ जना स्वतन्त्र सञ्चालक रहने एजेन्डा सभामा पेश हुनेछ ।

साधारण सभाका लागि असार १ देखि १३ गतेसम्म बुक क्लोज हुनेछ । बुक क्लोज हुनुभन्दा अघिसम्म कायम रहने सेयरधनी मात्र लाभांशको हकदार हुनेछन् ।

हाल कम्पनीको चुक्ता पुँजी ५३ करोड ८२ लाख ९१ हजार ९०० रुपैयाँ  रहेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको