Like us!
Follow us!
Connect us!
Watch us!

‘अप्रिलिया स्ट्रोम स्कुटर’ नेपाली बजारमा, यस्तो छ सुरुवाती मूल्य

कमला भुसाल

विहीबार, २३ जेठ २०७६, १५ : ०३ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– दुगड ब्रदर्स एण्ड सन्स प्रा.लिले उच्चस्तरीय इटालियन प्रविधिद्धारा निर्माण गरिएको ‘अप्रिलिया स्ट्रोम स्कुटर’ नेपाली बजारमा भित्र्याएको छ ।

बिहीबार ललितपुरमा एक कार्यक्रममा बीच दुगड ब्रर्दश एन्ड सन्स प्रालिले सो मोडलको स्कुटर पनि नेपाली बजारमा सार्वजनिक गरेको हो । यसमा १२५ सिसीको आधुनिक प्रविधिको थ्रि भल्ब इन्जिन जडान गरिएको पनि कम्पनीले जनाएको छ । 

म्याट रातो तथा पहेँलो आकर्षक रङले सजिएको सो स्कुटर उच्च प्रविधियुक्त भएको र त्यसले लामो दुरीको यातायातालाई पनि आरामदायी बनाउने कम्पनीका अध्यक्ष मोतीलाल दुगडले जनाए। कम्पनीले हाल बजारमा उक्त स्कुटरको मूल्य २ लाख २४ हजार ९ सय कायम गरेको छ । असार मसान्त पछि नयाँ आर्थिक वर्षसँगै स्कुटरको मूल्यमा केही वृद्धि हुने पनि कम्पनीका उपाध्यक्ष दुगडले बताए ।

नेपाली बजारमा भेस्पाको बिक्री वितरण २०१५ देखि सुरु भएको थियो र छोटो समयमै नेपाली जनताको मन जितेको दाबी  गरेको छ।  कम्पनीले हाल २२ वटा बिभिन्न शाखा तथा डिलरहरु मार्फात बिक्री वितरण गर्दै आएको छ।  आगामी ६ महिनाभित्र थप १० वटा नयाँ शहरमा आफ्नो शाखा तथा  डिलरहरु विस्तार गर्ने कम्पनीले जनाएको छ। 

5cf8f21c22049.jpg 5cf8f21c52d45.jpg 5cf8f21ea2317.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको