Like us!
Follow us!
Connect us!
Watch us!

एसियन लाइफको २ लाख २१ हजार कित्ता शेयर लिलामीमा आउँदै

कमला भुसाल

शुक्रबार, २४ जेठ २०७६, ११ : ४५ मा प्रकाशित

एसियन लाइफको २ लाख २१ हजार कित्ता शेयर लिलामीमा आउँदै

अर्थ संसार, काठमाडौं- एसियन लाइफ इन्सुरेन्सले २ लाख २१ हजार ३५९.७३ कित्ता शेयर लिलामीमा ल्याउने भएको छ ।  इन्स्योरेन्सको हकप्रद निष्काशन गर्दा बिक्रि नभएको २ लाख २१ हजार ३ सय ५९ दशमलव ७३ कित्ता शेयर लिलामी गर्न लागेको हो । यसमा असार ८ गतेसम्म बोलकबोलमा सहभागी हुन सकिनेछ । 

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्नेछ । संस्थापक समूहमा न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समूहमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिन्छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट काठमाडौं र यसका लगनखेल, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगर शाखाबाट लिलामी भर्न सकिनेछ ।

यता, नेपाल इन्भेष्टमेन्ट बैंकका नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखाबाट पनि लिलामीमा आवेदन दिन पाउने व्यवस्था रहेको छ । ग्रीन डेभलपमेन्ट बैंकको, हरिशंकर रोड बागलुङबाट पनि बोलपत्र फारम भर्न पाइनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको