Like us!
Follow us!
Connect us!
Watch us!

माईक्रोसफ्ट द्धारा ‘आवर अफ कोड’को आयोजना

कमला भुसाल

शुक्रबार, २४ जेठ २०७६, १४ : ३३ मा प्रकाशित

माईक्रोसफ्ट द्धारा ‘आवर अफ कोड’को आयोजना

अर्थ संसार, काठमाडौं– कम्प्युटर विज्ञानको क्षेत्रमा मानिसहरुको सहभागीता बढाउन माईक्रोसफ्टले बुधबार विश्वव्यापीपहल ‘आवर अफ कोड’ आयोजना गरेको छ । विद्यार्थी र शिक्षकहरुमा कम्प्युटर विज्ञानबारेको बुझाई अभिवृद्धी गर्ने अभिप्रायले ललितपुरको लुभूस्थित ब्लूम नेपाल स्कुलमा आयोजीत उक्तकार्यक्रममा सहभागीहरुलाई एक घण्टाको कोडिङ सत्रमा सामेल गराईएको थियो । 

नेपालमा माईक्रोसफ्टको आधिकारीक शैक्षिक साझेदार संस्था सोचवेयरद्धारा कक्षा १० मा अध्ययन गरिरहेका विद्यार्थीहरुका संचालीत उक्त कार्यक्रममा सहभागी हुन माईक्रोसफ्टकी साउथ इस्ट एसिया न्यू मार्केट्स जनरल म्यानेजर सूकहून चेअह काठमाडौं आएकी थिइन । 

कार्यक्रमकी अतिथी सूकहूनले भनिन्,“तँपाईहरुमध्ये हरेक जनामा आफूनो लक्ष पुरा गर्न सक्ने क्षमता छ । यसका लागी तँपाईहरुले आफ्नो जीवनका सकारात्मक पक्षहरुलाई हेर्न र मेहनत गर्नुपर्छ । यो सबै समुहकार्य, समस्या समाधान गर्ने सीप र सृजनशील हुन सँग सम्बन्धित छ । तँपाईहरुले अहिले हासिल गरिरहेको सीपले भविष्यमा सहयोग गर्छ र माईक्रोसफ्ट कर्पोरेसन ‘आवर अफ कोड’ कार्यक्रम यहाँ सञ्चालन गर्न र तँपाइहरुलाई सहभागीताको अवसर प्रदान गर्न पाउनु राम्रो कुरा हो । यस कार्यक्रमले क्षमता अभिवृद्धीका लागी सहयोग गर्नेछ जसबाट समुदायको हितकालागी अग्रसर हुन सक्नुहुनेछ ।”

‘आवर अफ कोड’ एक विश्वव्यापी अभियान हो जसमा १८० देशका १० करोड युवाहरु भग लिईरहेका छन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको