Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी लाइफले ‘जीवन हेरचाह बीमा’ योजना विक्री गर्दै

कमला भुसाल

शुक्रबार, २४ जेठ २०७६, १४ : ५२ मा प्रकाशित

महालक्ष्मी लाइफले ‘जीवन हेरचाह बीमा’ योजना विक्री गर्दै

अर्थ संसार, काठमाडौ– महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले चौथो योजनाको रुपमा जीवन हेरचाह बीमा योजना सार्वजानिक गर्ने भएको छ । कम्पनीले यही जेठ २६ गते आईतबार बाट सर्वसाधारणमा उक्त बीमा विक्रिको लागि ल्याउने जनाएको हो । 

एउटै बीमा योजनामा टर्म इन्स्योरेन्स, एन्यूटी (पेन्सन) इन्स्योरेन्स र इण्डोमेन्ट इन्स्योरेन्सको समिश्रण रहेको यो योजना नेपालको बीमा बजारमा नयाँ योजना भएको कम्पनीले जनाएको छ । 

केटाकेटी र सन्तानको सुरक्षित भविश्यलाई लक्षित गरी ल्याइएको यो बीमा योजनामा प्रस्तावक (अभिभावक) को मृत्यू भएमा इच्छाईएको व्यक्तिलाई विमांक रकम एकमुष्ट तुरुन्त भुक्तानी गरिनेछ । 

बीमांक रकम भुक्तानी पछि पनि बीमाले निरन्तरता पाउदै अवधि समाप्ती नभएसम्म प्रत्येक तीन तीन महिनामा बीमांक रकमको २ दशमलव ५ प्रतिशत बाँकी जीवन निर्वाह भत्ता  (पेन्सन) को रुपमा पाईरहने, बाँकी अवधिको लागि बीमा शुल्क तिर्नु नपर्ने र भुक्तानी अवधि समाप्ती पछि पुनः विमांक रकम र आर्जित वोनस एकमुष्ट भुक्तानी पाउने व्यवस्था गरीएको छ ।

साथै प्रस्तावक दुर्घटनामा स्थायी अपांग वा असक्त भएमा बाकी अवधिको बीमा शुल्क छुट हुने  र १२ वर्ष सम्म त्रैमासिक रुपमा वीमांक रकमको २ दशमलव ५ प्रतिशत जीवन निर्वाह भत्ता उपलब्ध हुने व्यवस्था समेत गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको