Like us!
Follow us!
Connect us!
Watch us!

सुनको आयातमा लाग्दै आएको भन्सार दरमा वृद्धि

कमला भुसाल

आइतबार, २६ जेठ २०७६, ११ : २० मा प्रकाशित

सुनको आयातमा लाग्दै आएको भन्सार दरमा वृद्धि

अर्थ संसार, काठमाडौं - सरकराले आर्थिक बर्ष २०७६-७७ को बजेट मार्फत सुनको आयातमा लाग्दै आएको भन्सार दरमा वृद्धि गरेको छ । आर्थिक विधेयक २०७६ मार्फत विद्यमान ब्यवस्थामा परिमार्जनगरी नयाँ ब्यवस्था लागु गरिएको हो ।

नयाँ ब्यवस्था अनुसार अवदेखि प्रति १० ग्राम सुनको आयातमा रु ५००० भन्सार लाग्ने छ । यसअघि प्रति १० ग्राम सुनको आयातमा ४२०० भन्सार लाग्दै आएको थियो ।

यस्तै बजेट बक्तब्य मार्फत विदेसवाछट फर्किएका यात्रुले आफ्नो साथमा ल्याएको १०० ग्राम सम्मको सुनको गहना महसुलतिरी पैठारीगर्न सक्ने ब्यवस्था सरकारले मिलाएको छ । यसअघि यो ब्यवस्था अनुरुप ५० ग्रामसस्म्म सुन ल्याउन पाइन्थ्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको