Like us!
Follow us!
Connect us!
Watch us!

विश्वकप क्रिकेट २०१९: खेरा गयो शाकिब अल हसनको शतक, इंग्ल्यान्ड विजय

मिलन खड्का

आइतबार, २६ जेठ २०७६, ११ : २५ मा प्रकाशित

विश्वकप क्रिकेट २०१९: खेरा गयो शाकिब अल हसनको शतक, इंग्ल्यान्ड विजय

अर्थ संसार,कार्डिफ- कार्डिफको  सोफिया गार्डन्समा घरेलु राष्ट्र इंग्ल्यान्डले बांग्लादेश लाई १०६ रनले हरायो । पहिले व्याटिङ गर्दै इंग्ल्यान्डले ३८६ रनको विशाल स्कोर खड़ा गर्‍यो । 

तेस्को  जवाफमा बांग्लादेशको पुरा टीम ४८.५  ओवरमा २८० रनमा समेतिन पुग्यो । बांग्लादेशको तर्फबाट शाकिब अल हसनले  शानदार शतकीय (१२१) पारी खेले । इंग्ल्यान्डको लागि बेन स्टोक्स र जोफ्रा आर्चरले  तीन-तीन विकेट लिएका थिए।  

आफ्नो पहिलो खेलमा दक्षिण अफ्रीकालाई  मात दिने बांग्लादेश जब ३८७ रनको लक्ष्यको पिछा गर्न उतर्यो उसलाई राम्रो शुरुआतको जरुरत थियो, जुन उस्लाई मिलेन । जोफ्रा आर्चरले ८ को  स्कोरमा  सौम्य सरकार (२ )मा बोल्ड गर्दिए।  शाकिबले तेस्रो नम्बरमा आएर टीमको  जिम्मा उठाए र स्कोर बोर्ड चालु राखे । दोस्रो ओपनर बल्लेबाज तमीम इकबाल (१९)को  साथ उनले टीमको स्कोर बोर्ड लाई  ६३ रन सम्म त पुराए तर यहीं मार्क वुडले  तमीमलाई  पवेलियन पठाही दिए। 

मुश्फीकुर रहीम क्रिजमा आए देखी नै आफ्नो हिसाबले  बल्लेबाजी सुरुवात गरे र शाकिबको  साथमा  १०६ रन जोडी सकेको थिए र अर्धशतकको लागि अगि बर्दै थिए । त्यही  प्लंकेटले  १६९को स्कोरमा रहीमको रॉयको हात क्याच हुँदा बांग्लादेशको  जीतको  उम्मीदलाई झडका लाग्यो।  रहीमले  ५० बलमा  चार चौकाको मद्दतमा ४४ रन बनाए । 

शाकिबले आफ्नो शतक त पुरा गरे तर शाकिब सम्झी सकेका थिए कि टीमको अब जित्ने आशा सकिसकेको थियो । उनले कोसिस त गरे तर    उनको यो कोसिसलाई  बेन स्टोक्सले असफल गर्दिये र शाकिबलाई  २१९ के टिम स्कोरमा बाहिर पुराइदिए । 

महामदुल्लाहले २८, मोसाद्देक हुसैन २६ ,मोहम्मद सैफउद्दीन ५ , मेहदी हसन मिराज १२ को योग्दान दिए । 

पहले बल्लेबाजी गर्दै इंग्ल्यान्डले ५० ओभरमा ३८६-६ बनाए । इंग्ल्यान्डको तर्फबाट सलामी बल्लेबाज जेसन रॉय ले  १५३ रनको पारी खेले । उनको बाहेक बटलर ६४, बेयरस्टो ५१, कप्तान मोर्गन ३५  जो रूटले २१रन बनाए । बांग्लादेशको मोहम्मद सैफुद्दीन र मेहदी हसन ने २ -२, जबकि कप्तान मशरफे मुर्तजा र मुस्ताफिजुर रहमान के हात एक-एक सफलता पर्‍यो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको