Like us!
Follow us!
Connect us!
Watch us!

कसरी राख्ने आफ्नो फेसबुक प्रोफाइल सुरक्षित ?

बुधबार, १९ माघ २०७३, ११ : १३ मा प्रकाशित

कसरी राख्ने आफ्नो फेसबुक प्रोफाइल सुरक्षित ?


अर्थसंसर
काठमाडौँ – के तपाईंले आफ्नो फेसबुकको प्रोफाइल सुरक्षित राख्नुभएको छ ? आफूले फेसबुकमा राखेको फोटो, पोष्ट वा गोप्य कुराकानी बचाएर राख्न चाहनुहुन्छ ? आफ्नो फेसबुक प्रोफाइल सुरक्षित राख्न तपाईंले यी उपायहरु अपनाउन सक्नुहुन्छ ।

१. तपाईंले आफ्नो फेसबुक एकाउन्ट सुरक्षित राख्न मजबुत पासवर्ड राख्न जरुरी छ । अरुले सजिलै अनुमान लगाउन नसक्ने खालको आफ्नो जन्मतिथि, नाम, मोबाइल नम्बर पासवर्डमा राख्न सकिन्छ ।

२. तपाईले कुनै पनि नयाँ कम्पुटर, ल्यापटप या मोबाइलबाट आफ्नो फेसबुक आइडी लग इन गर्दा कहिल्यै पनि ‘किप मि साइन इन’ भनिएको अप्सनमा क्लिक गर्नुहँुदैन । त्यसले गर्दा अरु कसैले त्यही डिभाइसबाट तपाईंको फेसबुक पासवर्ड बिनै फेसबुक खोल्न सक्छन् । उनीहरुले त्यसपछि तपाईंको एकाउन्ट दुरुपयोग गर्न सक्छन् ।  तपाईंले आफ्नो फेसबुक सँधै लग आउट गर्न जरुरी छ ।

३. तपाईले आफ्नो फेसबुकको पासवर्ड आफ्नो प्रिय व्यक्ति या कसैलाई दिने गर्नुभएको छ भने त्यो काम बन्द गर्न जरुरी छ । आफ्नो फेसबुक प्रोफाइल सुरक्षित राख्न पासवर्ड कसैलाई पनि दिनु हुँदैन ।

४.आफ्नो साथी या कसैको कम्प्युटरमा फेसबुक आइडी खोल्दा त्यो कम्प्युटरमा फेसबुकको पासवर्ड सेभ गर्ने सफ्टवेर छ कि भनेर ध्यान दिन जरुरी छ ।

फेसबुकमा राखेको फोटोको लाइक कसरी बढाउने ? 

मोबाइलमा कसरी युट्युव भिडियो डाउनलोड गर्ने ? 

कसरी जान्ने ७ दिनमा अरुको देशको भाषा ? यस्ता छन् उपाय 

५. समय समयमा आफ्नो फेसबुकको पासवर्ड फेर्न जरुरी छ । फेसबुक प्रोफाइल सुरक्षित राख्न २ वा ३ महिनाको बीचमा फेसबुकको पासवर्ड फेर्नुपर्छ ।

६. यदि तपाईंले आफ्नो फेसबुक, ट्वीटर र अन्य सामाजिक संजालको पासवर्ड एउटै राख्ने गर्नुभएको छ भने त्यो गलत हो । कसैले तपार्इंको एउटा पासवर्ड ह्याक गर्यो भने सबैको पासवर्ड थाहा पाउन सक्छ ।

७. आफ्नो फेसबुक एकाउन्टको प्राइभेसी सेटिङ्लाई व्यवस्थित गर्न जरुरी छ । फोसबुकको सेटिङ्मा गएर सेक्युरिटीमा क्लिक गरेपछि सेक्योर ब्राउजिंग भन्ने अप्सन् देखिन्छ । त्यसलाई इडिटमा गरेर ‘ब्राउज फेसबुक अन ए सेक्योर कनेक्शन’ क्लिक गर्नाले पनि फेसबुकको प्रोफाइल सुरक्षित राख्न सकिन्छ ।

८. यस्तै फेसबुकको सेटिङमा गएर सेक्युरिटीमा क्लिक गरेपछि ‘ट्रस्टेड कन्टेक्ट’ भन्ने अपसनमा राख्नाले पनि फेसबुक एकाउन्ट सुरक्षित राख्न सकिन्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको