Like us!
Follow us!
Connect us!
Watch us!

लोकसेवा आयोगको विज्ञापन रद्द गर्ने निर्देशन विरुद्ध प्रर्दशन

मंगलबार, २८ जेठ २०७६, १७ : ३६ मा प्रकाशित

लोकसेवा आयोगको  विज्ञापन रद्द गर्ने निर्देशन विरुद्ध प्रर्दशन

अर्थ संसार, काठमाडौं– प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले स्थानीय तहमा विभिन्न पदका लागि लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञापन रद्द गर्ने निर्देशन विरुद्ध आज प्रदर्शन गरिएको छ ।

माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म आयोगको परीक्षा तयारी गरिरहेका विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । लोकसेवा तयारी तदर्थ सङ्र्घष समिति गठन गरेर उक्त निर्णय विरुद्ध आन्दोलन तथा दबाब मूलक कार्यक्रम भन्दै प्रदर्शन गरेको हो । सोमबार समितिले सरकारलाई स्थानीय तहको विज्ञापन रद्द गरेर स्थानीय तहमा करारमा कर्मचारी नियुक्त गर्न निर्देशन दिएको थियो ।

    प्रदर्शनकारीहरुले लोकसेवामा हस्तक्षेप चाहिदैन, नातावाद, कृपावाद भित्र्याउन पाइँदैन, लोकसेवा आयोग सबैको सरोकार, स्वस्थ निष्पक्ष पारदर्शिता आधार लगायतका नारा लगाउँदै प्रदर्शन गरेका थिए । प्रशासन सेवा समूहको नायब सुब्बाको तयारी गरिरहेका बर्दिया गेरुवा गाउँपालिका–३ का लक्ष्मण अधिकारीले विज्ञापन रद्द गर्ने निर्णयले सरकारी सेवामा प्रवेश गर्न पाउने अधिकारबाट वञ्चित गराउन खोजेकाले आन्दोलन गर्नुपरेको बताउनुभयो ।

    यस्तै बाजुराको मार्तडीका चन्द्रा खड्काले आफू क्याम्पसको परीक्षा नै नदिएर स्थानीय तहको तयारीमा लागेको भन्दै अहिले आएर समितिका मान्छेले आफ्नालाई करारमा नियुक्त गरेर हामीलाई वञ्चित गराउन लागेकाले आन्दोलन गर्नुपरेको बताउनुभयो ।

सरकारले लोकसेवा आयोगमार्फत स्थानीय तहमा रिक्त दरबन्दी पदपूर्तिका लागि यही जेठ १५ गते ५१५ स्थानीय तहका लागि नौ हजार १६१ पदका लागि विज्ञापन गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको