Like us!
Follow us!
Connect us!
Watch us!

जनरल इन्स्योरेन्स र सिद्धार्थ बैंकबीच बीमा सम्झौता

मंगलबार, २८ जेठ २०७६, १७ : ५५ मा प्रकाशित

जनरल इन्स्योरेन्स  र सिद्धार्थ बैंकबीच बीमा सम्झौता

अर्थ संसार, काठमाडौं– जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड ( जिआईसि नेपाल) र सिद्धार्थ बैंक लिमिटेड बीच बीमा सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ ।

इन्स्योरेन्स तथा बैङ्क बीच मिति २०७६जेठ२८ गते मंंगलबारका दिन आयोजित एक कार्यक्रमबीच सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

बैङ्कका  सहायक महाप्रबन्धक अर्जुन भद्र खनालर इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिसंगै बैङ्कका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनी नेपालले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्नेछन ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको