Like us!
Follow us!
Connect us!
Watch us!

केन्द्रिय बैंकले आज १० अर्ब रुपैयाँको रिपो जारी गर्दै

कमला भुसाल

बुधबार, २९ जेठ २०७६, ११ : ५७ मा प्रकाशित

केन्द्रिय बैंकले आज १० अर्ब रुपैयाँको रिपो जारी गर्दै

अर्थ संसार, काठमाडौं-  नेपाल राष्ट्र बैंकले बुधबार (जेठ २९ गते) १० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । ७ दिनमा परिपक्व हुने गरी केन्द्रीय बैंकले रिपो जारी गर्न लागेको हो ।

बुधबार अपराह्न ३ बजे बोलकबोल हुने यो रिपो असार ४ गते परिपक्क हुनेछ । केन्द्रीय बैंकका अनुसार ५ प्रतिशत वा सो भन्दा कम ब्याजदर कबोल गरी पेश भएका बोलपत्र रद्द गरिनेछ । बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउनेछन् ।

बैंकिङ प्रणालीमा लगानीयोग्य रकम अभाव देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न रिपो जारी गर्ने गर्दछ ।

5d0099b882a6a.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको