Like us!
Follow us!
Connect us!
Watch us!

राधी विद्युत कम्पनीको एजीएम असार २९ मा गर्ने

कमला भुसाल

बुधबार, २९ जेठ २०७६, १२ : २७ मा प्रकाशित

राधी विद्युत कम्पनीको एजीएम असार २९ मा गर्ने

अर्थ संसार, काठमाडौं- राधी विद्युत कम्पनीले अगामी असार २९ गते साधारण सभा गर्ने भएको छ। कम्पनीको जेठ २७ गते सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले असार २९ गतेका दिन साधारण सभा गर्ने निर्णय गरेको हो। सभा अमृतभोग क्याटरिङ्ग कालिकास्थानमा बिहान ११ बजेदेखि सुरु हुनेछ। 

कम्पनीले सभामा गत वर्षको कमाईबाट वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्नेछ ।सभाले सञ्चालक समितिको बैंठकले प्रस्ताव गरेको चुक्ता पूँजीको ५ प्रतिशत बोनस र कर सहित ५ प्रतिशत नगद लाभांश गरी कूल १० प्रतिशत लाभांश प्रस्ताव अनुमोदन गर्नेछ। साधारण सभाका लागि असार ९ गते शेयर दाखिला खारेज गर्ने भएकाले असार ८ गते आइतबारसम्म कायम रहने शेयरधनीले मात्र उक्त लाभांश पाउनेछन्।

यसैगरि गत आवको वार्षिक प्रतिवेदन, वित्तीय विवरण, लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण,र सञ्चालक समितिर्लाै प्रबन्धपत्र तथा नियमावलीमा संसेधन आवश्यक अख्तियारी दिने एजेण्डा रहेका छन्।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको