Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल पुनर्बिमा कम्पनीको एजीएम आउँदो शुक्रबार हुने

कमला भुसाल

बुधबार, २९ जेठ २०७६, १४ : १७ मा प्रकाशित

नेपाल पुनर्बिमा कम्पनीको एजीएम आउँदो शुक्रबार हुने

अर्थ संसार, काठमाडौं- नेपाल पुनर्बिमा कम्पनीले यही  जेठ ३१ गते (शुक्रबार) साधारण सभा आह्वान गरेको छ । सभा होटल हिमालय, पुल्चोकमा साँझ ५ बजेदेखि सुरु हुने कम्पनीले जनाएको छ ।

सभामा कम्पनीले आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदन पेश गर्नेछ भने लेखापरीक्षण प्रतिवेदन पारित गर्ने लगायतका एजेन्डा पनि रहेका छन् ।  नेपाल पुनर्बिमा कम्पनी बिमा व्यवसायको तर्फबाट गत वर्ष राज्यलाई सर्वाधिक कर बुझाउने कम्पनीमा पनि परेको थियो ।  
 
यता, पुनर्बिमा कम्पनीले १ अर्ब ६० करोड रुपैयाँको १ करोड ६० लाख कित्ता आइपीओ खुला गर्ने तयारी गरिरहेको छ ।  कम्पनीले आइपीओ बिक्री गर्न आरबीबी मर्चेन्ट बैंकिङलाई बिक्री प्रबन्धकको पनि जिम्मेवारी समेत दिइसकेको छ । अब केही समयपछि आइपीओ बिक्री खुला हुने जानकारी दिइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको