बिहिबार, ३० असोज २०७६
सलमान खानको ‘भारत’ ले मच्चायो तहल्का, सात दिनको कमाई २५० करोड
बुधबार, २९ जेठ २०७६

अर्थ संसार, काठमाडौं–  सलमान खानको नयाँ चलचित्र ‘भारत’ ले एक हप्तामै सानदार कमाई गरेको छ । इदको अवसर पारेर प्रदर्शनमा आएको यस चलचित्रले प्रदर्शनको सातौँ दिनमा २५० करोड भारु कमाएको छ ।

सलमान खानसँगै कट्रिना केफको मुख्य भूमिका रहेको यस चलचित्रमा सलमान खान पाँच फरकफरक अवतारमा देखिएका छन् । चलचित्रमा सलमान खान र कट्रिना केफका साथै सुनील ग्रोवर, दिशा पटनी, तब्बु, नोरा फतेही, ज्याकी श्राफलगायतका कलाकारको अभिनय रहेको छ । ‘भारत’ कोरियन भाषको फिल्म ‘ओड टु माई फादर’ को हिन्दी रिमेक हो ।

 

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved