Like us!
Follow us!
Connect us!
Watch us!

महानगरपालिकाले दुई वटा ब्रुमर थप्दै, काठमाडौँ होला त धुलोमुक्त ?

कमला भुसाल

विहीबार, ३० जेठ २०७६, १५ : ०३ मा प्रकाशित

महानगरपालिकाले दुई वटा ब्रुमर थप्दै, काठमाडौँ होला त धुलोमुक्त ?

कमला भुसाल 

अर्थ संसार, काठमाडौं - काठमाडौंको धुलो सफा गर्नका लागि  महानगरपालिकाले पुनः दुई वटा ब्रुमर थप्ने भएको छ।  चीनको छिन्द सिटिले अनुदानमा दिएको २ वटा बु्रमर असार १ गतेका दिन हस्तान्तरण गरिने भएको हो ।

गत फागुनको अन्तिम साता इटलीबाट ल्याइएको पाँच ब्रुमर अपुग भएपछि फेरी पनि दुई वटा ब्रुमर थप गर्न लागिएको हो। उपत्यकालाई धुलो मुक्त बनाउन महानगरपालिकाले ब्रुमर संचालनमा ल्याएको हो। 

उक्त दिन राष्ट्रिय सभागृहमा ब्रुमर हस्तान्तरण तथा उद्घाटनको कार्यक्रम  हुने भएको छ । सोही दिन उपमेयरको नेत्रित्वमा चीनको छिन्द सिटीबाट ६ जना टोली आउने भएका छन् । 

असार १ गते दिउसको ३ः३० मा सभागृहमा औपचारिक कार्यक्रम गरी बु्रमर हस्तान्तरण गर्ने योजना भएको काठमाडौं  महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले जानकारी दिए ।

दोस्रो चरणमा सांस्कृतिक कार्यक्रम गरि दुबै देशको सांस्कृतीक झल्काउने खालको कार्यक्रम प्रस्तुत गरिने छ । चीनका ६ जना टोली जेष्ठ ३१ गते नै नेपाल आइसक्ने भएपनि  १ गते मात्रै औपचारिक कार्यक्रम गरेर स्वागत गर्ने योजना रहेको उनले बताए । 

उनका अनुसार महानगरपालिकामा पहिलाको ५ वटा र अहिलेको २ वटा गरी ७ वटा बु्रमर सञ्चालन हुने भएका छन् । ७ वटा बु्मर भए पछि अहिलेको रूढ सहित थप रूढ राख्ने योजना छ । 

उनि भन्छन्  अनुदानमा ल्याएको बु्रमरको क्षमता पहिलाको बु्रमरको जतिकै छ  । साथसाथै महानगरकै लगानीमा  इटलीबाट थप २ वटा बु्रमर ल्याउने योजना छ । थप दुई वटा बु्मर पनि २ महिना भित्र काठमाडौं आइपुग्नेछ । 

काठमाडौं महानगरपालिकाले काठमाडौंको धुलो सफा गर्नका लागि ९ वटा बु्मर सञ्चालन गर्ने योजना बनाएको छ । हाल ५ वटा सञ्चालन भएका छन भने बाँकी २ वटा एक गते देखि सञ्चालनमा आउने र बाँकी २ वटा केही समय पछि सञ्चालनमा आउने महानगरले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको