Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा विकास बैंकको हेम्जा (कास्की) शाखा कार्यालयको उद्घाटन

अर्थ संसार

विहीबार, ३० जेठ २०७६, १६ : ०१ मा प्रकाशित

गरिमा विकास बैंकको हेम्जा (कास्की) शाखा कार्यालयको उद्घाटन

अर्थ संसार, काठमाडौं– गरिमाविकास बैंक लिमिटेडले बूधबार पोखरा महानगरपालिका वार्ड नं. २५मा स्थापित हेम्जा शाखा कार्यालयको औपचारिक उद्घाटन कार्य सम्पन्न गरेको छ ।

उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंक पोखराका निर्देशकडा.डिल्लीराम पोखरेल र पोखरा महानगरपालिका वार्ड नं. २५ का वडाध्यक्ष शोभाखर तिमिल्सिनाले संयुक्तरुपमा गर्नु भएको हो ।

कार्यक्रममा बोल्दै विकास बैंकका अध्यक्ष  चन्द्रकान्त बरालले संस्था सक्षम र अब्बल बन्नको लागि उत्कृष्ट सेवाप्रवाह संगसंगै संस्थागत सुशासन समेत महत्वपूर्ण रहने हुंदाविकास बैंकले सेवाप्रवाह संगसंगै संस्थागत सुशासनमा समेत सदैव महत्व दिईरहेको बताउनु भयो । त्यसैगरी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले विकास बैंकले ग्राहकहरुको चाहना र आवश्यकतामा भएको परिवर्तन संगसंगै आफ्नो सेवा, सुविधा र प्रविधिलाई समयानुसार परिमार्जन गर्दै उत्कृष्ट वित्तीय सेवाप्रवाहमा सदैव प्रतिबद्ध रहेकोे जानकारी दिनुभयो ।

कार्यक्रममा पोखरा महानगरपालिका वार्ड नं. २५ का वडाध्यक्ष शोभाखर तिमिल्सिना,विकास बैंकका सञ्चालक डा. आनन्द प्रसाद श्रेष्ठ, महिला सञ्जालकी अध्यक्ष रमा त्रिपाठी लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन हेम्जा शाखाका शाखा प्रबन्धक शंकरराज सापकोटाले गर्नु भएको थियो ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाण्डौं उपत्यकाभित्र ८ वटा शाखा सहित देशभर ७६ शाखा र ३३ वटा एटीएम संचालनमा छन । विकास बैंकले निकट भविष्यमा नै देशका विभिन्न १५ स्थानमा शाखा कार्यालय स्थापना गर्दैछ । विकास बैंकले २०७६ जेष्ठ २८ गतेसम्ममा  रु.३० अर्ब ५५ करोड निक्षेप संकलन गरी रु.२७ अर्ब ४० करोड कर्जा लगानी गरेको छ ।    
    

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको