मङ्गलबार, ०७ साउन २०७६
बसन्तपुरमा बालबालिकाको पिडा
बिहिबार, ३० जेठ २०७६

सरिशा अछामी

अर्थ संसार, काठमाडौं- साँझपख रमाउनेहरुको लागि बसन्तपुर दरबार गतन्व्य स्थल बनेको छ। बसन्तपुरमा रमाउनेहरु र कमाउनेहरु दुबै प्रशस्त भेटिन्छन् । संस्कृती र कलाले भरिपूर्ण स्थानमा सबै साझापँखको दुश्य हेर्न रमाउँछन् । 

हजारौं मानिसहरुको भीड सदावहार लागिरहेको हुन्छ । सबैको मन विभिन्न दुश्यहरु हेरेर रमाउँछ  । कतै पागलपन,कतै पुजा आरधना गरिरहेको कतै मानिसको भिडको रोचकता । यहि दुश्य हेर्नको लागि हजारै मानिसहरुको भीड लाग्छ बसन्तपुरमा । 

भीडलाई नियाल्ने हिम्मत कसैको हुँदैन । मानिसहरु भीडमा त्यसै हराउन चाहन्छन् । आफ्नो खुसी बाहेक अन्य कुनै कुरामा कसैको नजर जादैन  । म पनि यही भिडमा हराएकी छु । बसन्तपुर मलाई पनि असाध्यै मन पर्ने स्थल हो । म हरेक दिन जसो साझँ बसन्तपुर जान्छु । त्यो मानिसहरुको भीडमा आफुलाई हराउन । मनोरन्ञ्जनआत्मक दुश्यहरुलाई आफ्नो आँखामा कैद गर्न खुब मन पराउँछु ।  

प्रायजसो ज्यादा त्यहाँको खुसीमात्र समाल्ने मलाई बसन्तपुर भित्रको पिडा खासै मुल्याङकन गरिन । साथीहरुको भीडबाहेक अन्त नजर खासै जाँदैन थियो ।  साथीहरुसंग रमाउँदै गर्दा  कसैले मेरो गोडा छोएजस्तो लाग्यो । सानो भाइले मेरो गोडा ढोक्दै थियो । म हत्तपत्त पछाडी सर्न  खोजे । तर उ पनि म तिर नै सर्यो। 

म आत्तिदै के गरेको भाई मेरो गोडा छोड । अनि उसले सानो स्वरमा भन्यो । मलाई १० रुपैया दिनुन दिनुन अनि म छोड्दिन्छु । मैले हुन्छ भन्दै उसलाई उठाए ।  १२ वर्ष जतिको थियो । तिम्रो नाम के हो ? सन्तोष हो  अनि मेरो प्रश्न फेरी दोहोरियो कहाँ बस्छौ ? उसले कोही आफन्तकोमा बस्ने बतायो । मेरो प्रश्न थियो अनि पढ्न जाँदैनन् । उसले टाउको हल्लाँदै म पढदिन भन्यो मनमा चसक्क भयो  । अनि कुनै प्रश्न गरिन । 
१० रुपैंयाले के खान्छौ । भोक लागेको भए म तिमिलाई खानेकुरा दिन्छु हुन्छ भने उसले खुसीले हस् भन्यो । मैले आफुसंग भएको १ पाटेक चाउचाउ दिए । १० रुपैंया दिनुभन्दा खानेकुरा दिनु उचित लाग्यो । मलाई पनि मेरो सानु भाई जस्तै लाग्यो मायालाग्दो ।

त्यसपछि बसन्तपुरको दुश्य भन्दा पनि त्यहाँ पानी खानुहुन्छ ? चिया खानुहुन्छ ? पोस्टर लिइदिनुन भन्ने  साना साना भाईबहिनी प्रति मेरो नजर गयो । म लगातार १ हप्तासम्म बसन्तुर गईरहे । दैनिक देखिने त्यो भाई बहिनीहरु प्रति म सधै लगातार हेरिरहन्थ्यो । 

मलाई जति पनि भाई बहिनी केही लिनहुन्छ भनेर सोध्न आउँथ्यो । म केही लिन्न थिए । उसको नाम भने बापत ५ रुपैंया दिएर पठाउँथ्ये । उनिहरुलाई पालौपालै आफ्नो बारेमा भन्न लगाए । कही बालबालिका बसन्तपुरामा आफ्नो आमा बुबा फुतपाथ पसल राख्ने भएका कारण यसरी बेच्न आएको बताए । कोहीले आफन्तकोमा बसेको भएर स्कुल छुट्टी भएपछि काम गनुपर्ने बाध्यता भएको  बाताउँदै पैसा माग्न आएको बताए । 

बालबालिकाको सुनौलो भविष्यको लागि बालपन खै उनिहरुको ? स्कुल छुट्टी भएपछि गृहकार्या गर्ने समय खै बालबालिकाहरुको ? स्कुल छुट्टी भएपछि हत्तपत्त व्याक कोठामा फालेर कामको लागि आउनुपर्ने कस्तो बाध्यता हो । 

यो सब भोकको लागि गरिएको दुख हो  । बसन्तपुरको दुश्य मात्र होइन त्यो सानो बालबालिकाहरुको लागि खुसी समेत संगाल्न सक्ने गरि जाउँ । हामीले त्यो बालबालिकाहरुलाई राम्रो व्यवहार गरुम । बालपनमा रमाउने सबैको रहर हुन्छ । सबै बालबालिकालाई समान व्यवहार गरुन । 

आजभोलि  म जाँदा उनिहरु मेरो ओरीपरी बसेर आफ्नो  व्यपार नभएको आफुलाई बाटामा हिड्ने मानिसहरुले गाली गरेको पिडा सुनाउँछन् । यस्तो सुन्दा मलाई साह्रै नराम्रो लाग्छ । त्यसैले सबैले सबैलाई सम्मान गर्न सकेमा सबैलाइृ खुसी राख्न सकिन्छ । उनिहरु आफ्नो सामान बेच्न नसकेको भन्दा पनि आफुलाई मानिसहरुले गाली गरेको धेरै दुखि देखिन्छन् । 
 

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved