बिहिबार, २८ कार्तिक २०७६
बेइजिङ सपिङ मलमा आक्रमण गर्नेलाई मृत्युदण्ड
शुक्रबार, ३१ जेठ २०७६
[Photo/bjgy.chinacourt.gov.cn]
[Photo/bjgy.chinacourt.gov.cn]

अर्थ संसार, बेइजिङ – मध्य बेइजिङमा अवस्थित एक सपिङ मलमा गत वर्ष आक्रमण गर्ने एक व्यक्तिलाई बिहीबार एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । 

सो आक्रमणमा परी एक व्यक्तिको मृत्यु हुनुका साथै अन्य १४ व्यक्ति घाइते भएका थिए । बेइजिङको जनअदालतले झु जिया नामक ती व्यक्तिलाई मृत्युदण्डको सजाय सुनाएको हो । 

गत वर्षको फेब्रुअरी ११ मा सिचुङ जिल्लामा रहेको जोए सिटी मलमा झु त्यहाँ रहेका व्यक्तिलाई माथि आक्रमण गरेका थिए ।  निर्दोष व्यक्तिमाथि गरेको यस आक्रमणको कारबाही स्वरुपमा अदालत झुलाई मृत्यु दण्डको सजाय दिइएको समाचारमा जनाइएको छ 

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved