Like us!
Follow us!
Connect us!
Watch us!

बजेट मार्फत सरकारले गर्यो लगानीकर्ताको घाउमा मलमपट्टी

शुक्रबार, ३१ जेठ २०७६, १० : ५१ मा प्रकाशित

बजेट मार्फत सरकारले गर्यो लगानीकर्ताको घाउमा मलमपट्टी

आर्थिक वर्ष ०७६/७७ को बजेटबाट अर्थमन्त्रीले लगानीकर्ताको घाउमा मलमपट्टी लगाउने काम गरिसक्नु भएको छ । 

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बजेटमा समावेस हुन नसकेका पूँजी बजार सुधारको थप अन्य कुरा सम्बोधन गरिन्छ भन्ने नेपाल पूँजीबजार लगानीकर्ता संघले आशा गरेको छ ।

अघिल्लो मौद्रिक नितिले बजारको विकासका लागि अपेक्षाकृत सम्बोधन गर्न सकेको थिएन । त्यसैले मौद्रिक नीति पूँजी बजारको विकास र विस्तारमा सहयोगी हुन नसकेको प्रष्ट देखिन्छ ।

अब यसपटकको मौद्रिक नीतिले समग्र पूँजीबजारलाई कस्तो प्रभाव पार्ला ? मौद्रिक नीति बजेटको परिपूरक हुन्छ की हुदैन ? यस वर्ष पनि गत बर्षहरुमा झै झारा टार्ने मात्रै निति आउला ? यो भने केहिदिन कुरे पछि थाहा पाईयला नै ।

मौद्रिक नीतिका कारणले तत्काल बजार बढ्छ र घट्छ भन्ने सोच राख्नुभन्दा दीर्घकालीन रूपमा त्यसको प्रभाव समग्र बजार विकास र विस्तारमा कस्तो पर्छ भनेर हेर्नुपर्छ ।

नेपाल पूँजी बजार लगानीकर्ता संघले आगामी आ. ब. २०७६/०७७ को मौद्रिक नितिमा समावेस गर्न उठाएका बुँदाहरु:-

१) शेयर लोनमा लगाईयको चर्को बैंक ब्याज घटाईनु पर्छ ।

२) शेयर धितो कर्जाको सिमा ६५% बाट ८०% सम्म पुर्याउनु पर्छ ।

३) सबै लगानीकर्ताको हातमा सर्बसुलभ तरिकाले online trading system पुर्याईनु पर्छ । 

४) RWS लाई अँझ व्यापक बनाईनु पर्छ ।

५) गत बर्ष बजेट मार्फत आएको बैंकलाई ब्रोकर लाईसेन्स दिने कुरा यथा सक्य छिटो दिने तर्फ कदम चालियोस ।

६) सेयर शिक्षा तथा अभर्नेस प्रोग्रामहरु देश ब्यापी बनाउने तर्फ ध्यान दिईनु पर्छ ।

७) बजेट मार्फत गैरआवासिय नेपाली संघलाई नेपालमा पूँजी बजारमा लगानी गर्ने दायरा फराकिलो बनाइन्छ भनिएको छ, त्यसलाई यथा शक्य छिटो कार्यान्वायनमा ल्याईनु पर्छ । 

८) सेयर बजारमा महिला सहभागिता बढाउन घर जग्गा कारोबारमा जसरी छुट दिने व्यबस्था गरिएको छ त्यसै गरि सेयर कारोबारमा पनि महिलालाई छुट दिने व्यबस्था गर्नु पर्छ।

९) पूँजीबजारमा अधिक सप्लाई सोस्ने संयन्त्र भएन त्यसैले बजामा रहेका ठूला ठूला कोषहरुलाई बजार निर्माताको रुपमा भित्र्याउने व्यबस्था गर्नु पर्छ । 

१०) समयमा बार्षिक साधारण सभा नगर्ने कम्पनीका संचालकहरुलाई ऐन नै संसोधन गरि कडा जरिवानाको ब्यबस्था गर्नु पर्छ ।

११) बैंकहरूले लगानीयोग्य पूँजीको कृत्रिम भुत देखाइ बेलाबेलामा सेयर बजारमा चलखेल गर्ने वातावरणको अन्त्य गर्नु पर्छ ।

१२) बैंकहरुमा रहेको तरलताको कारण बजारमा नकारात्मक असर परेको छ ।त्यसैले मौद्रिक नीतिमार्फत बैंकहरुको सी सी डी रेसियो केही समयलाई भने पनि ८५% गर्नु पर्छ । 

१३) लगानीकर्ताहरुको अर्को टाउको दुखाइको बिषय मार्जिन कल पनि हो । केही हदसम्म गत बर्षको मौद्रिक नीति मार्फत सम्बोधन गरिएको थियो । यसलाई थप बृद्धी गरि मार्जिन कल मूक्त लगानिकर्ता बनाउनु पर्छ । 

१४) शेयर धितो मूल्यांकनको ८० प्रतिशतसम्म कर्जाको सुनिश्चितताका गर्नु पर्छ । 

१५) जसरी बैंकहरुमा बिग मर्जरको होड चलाईएको छ त्यसै गरी च्याउ सरी खोल्न लाईसेन्स बितरण गरिएका लघुवित्तलाई समेत बिग मर्जरमा जान प्रोत्साहित गरिनु पर्छ । नयाँ लाईसेन्स बितरणत त ठ्याम्मै रोक्नै पर्छ ।

अन्त्यमा,

बजारको वास्तविक प्रवृत्ति र लगानी गर्ने समयका बारेमा सामान्य अन्दाज नहुँदा पनि नयाँ र साना लगानीकर्ता अधिक मारमा पर्ने गर्छन् । त्यसैले हाम्रो नेपाल पूँजीबजार लगानीकर्ता संघको उपस्थिती ७ वटै प्रदेशमा रहेको हुँदा हामि संगको सहकार्यमा सम्बद्ध निकायहरुबाट समय समयमा देश ब्यापी रुपमा जनचेतना मूखि कार्यक्रमहरु चलाईयोस् भनि अनुरोध गर्न समेत चाहन्छौ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको