Like us!
Follow us!
Connect us!
Watch us!

कोपा अमेरिका कसले जित्ला ? यसो भन्छ सर्वेक्षण

अर्थ संसार

शुक्रबार, ३१ जेठ २०७६, १४ : ५८ मा प्रकाशित

कोपा अमेरिका कसले जित्ला ? यसो भन्छ सर्वेक्षण

एजेन्सी– नेपाली समयअनुसार शनिबार बिहान ब्राजिलमा कोपा अमेरिका फुटबल सुरु हुँदैछ । प्रतियोगितामा यसपटक साबिक उपविजेता अर्जेन्टिना र ब्राजिललाई प्रमुख उपाधि दाबेदार टिम मानिएको छ ।

दक्षिण अमेरिकी क्षेत्रको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगितामा यसपटक को च्याम्पियन बन्ला रु यसमा सबैले आ–आफ्नै दाबी र भविष्यवाणी दिइरहेका छन् ।

यस्तैक्रममा चर्चित संस्था ‘ओड्स’ले एक अध्यन÷सर्वेक्षण सार्वजनिक गरेको छ । जसमा ब्राजिललाई यसपटक कोपामा सबैभन्दा बलियो उपाधि दाबेदार टिम मानिएको छ ।

आफ्ना फुटबल विशेषज्ञको टिम, फ्यानहरूको मत र कोपा खेल्ने १२ वटै टिमको मूल्यांकनबाट सो सर्वेक्षण तयार पारिएको हो । प्रतिवेदनको सबैभन्दा पुछार १२औं स्थानमा भने पाहुना टोली कतार रहेको छ ।

‘ओड्स’ले टिमका विभिन्न पक्षको मूल्यांकन तथा विश्लेषणबाट ब्राजिललाई उपाधि जित्न सक्ने पहिलो दाबेदार टिम मानेको छ ।

त्यसपछि दोस्रो नम्बरमा लिओनल मेस्सीको टिम अर्जेन्टिना छ । साबिक उपविजेता अर्जेन्टिनालाई फुटबल समर्थकहरूले दोस्रो दाबेदार टिम मानेका छन् ।

त्यसपछि तेस्रो नम्बरमा इतिहासमै सर्वाधिक धेरै १५ पटक कोपा जितेको उरुग्वे छ । उसलाई फ्यानहरूले तेस्रो उपाधि दाबेदार टिम मानेका छन् ।

त्यसपछि पछिल्ला दुई संस्करण ब्याक टु ब्याक उपाधि जितेको चिलीलाई फ्यानहरूले चौथो नम्बरमा राखेका छन् ।

यसपटक कोपामा कूल १२ देशले प्रतिस्पर्धा गर्दैछन् । जसमा दक्षिण एसियाबाट जापान र मध्यपूर्वी क्षेत्रबाट कतार पाहुना टोलीका रूपमा सहभागी छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको