बिहिबार, २८ कार्तिक २०७६
महाभूकम्पको आतंक फैलाउने ‘ज्योतिषी’अर्जुन क्षेत्री रिहा
शुक्रबार, ३१ जेठ २०७६

अर्थ संससार, काठमाडौं– २९ जेठमा भूकम्प आउँछ भन्दै सर्वसाधारणलाई आतंकित पारेका ज्योतिषी अर्जुन क्षेत्री रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंको आदेशपछि क्षेत्री रिहा भएका हुन् । उनलाई साधारण तारेखमा छाडिएको हो ।

अदालतको आदेशपछि शुक्रबार क्षेत्री रिहा भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । उनी २१ जेठमा गौशालाबाट पक्राउ परेका थिए ।

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved