Like us!
Follow us!
Connect us!
Watch us!

मुस्लिममाथि प्रतिबन्ध लगाउने ट्रम्प आदेशको निहितार्थ

विहीबार, २० माघ २०७३, १० : ५३ मा प्रकाशित

मुस्लिममाथि प्रतिबन्ध लगाउने ट्रम्प आदेशको निहितार्थ

निर्वाचनमा गरेका वाचाबाट आमजनताको ध्यान विकर्षित गर्न ट्रम्प पर्खाल तथा प्रतिबन्धका विषयलाई उपयोग गरिरहेका छन्

जनवरी २७ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुस्लिममाथि प्रतिबन्ध लगाउने कार्यकारी अधिकारमा हस्ताक्षर गरे । उक्त निर्देशनको प्राथमिक प्रावधान सातवटा मुस्लिमबाहुल्य देश इराक, इरान, लिबिया, सोमालिया, सुडान, सिरिया र यमनका नागरिकलाई अमेरिका आउन रोक्नु हो । यो सूचीमा केही अनौठो छ ।

कार्यकारी अधिकार ९र११ को असफलता ‘भिसा दिने प्रक्रिया’ को असफलताको कारण भएकोबाट सुरु भएको छ । त्यसले ‘तीन हजारभन्दा बढी अमेरिकी नागरिकको हत्या गर्ने १९ विदेशी नागरिकसहित सयौँको भिसा दिने कन्सुलर अधिकारी’ लागि जोगाएको भन्दै विदेश मन्त्रालयलाई दोष पनि दिएको छ ।


तर, ती १९ मध्ये अधिकांश साउदी अरबबाट थिए तर यो राष्ट्र सूचीमा छैन । त्यसमाथि, ‘घरभित्रै हुर्केका आतंकवाद’ बारे गरिएको चर्चामा अभियोग लगाइएका, मुद्दा चलाइएका, दोषी देखाइएका वा मारिएका मुस्लिमहरूमध्ये केही ट्रम्पको सूचीका सातवटा देशबाट छन् त केही आप्रवासी छन् भने केही अमेरिकी नागरिक छन् । र, अधिकांश संघीय कानुन लागू गर्ने एजेन्सीबाट फसाइएका छन् ।

ट्रम्पले निर्वाचन रणनीतिको हिस्साका रूपमा ‘मुस्लिम प्रतिबन्ध’ को बाचा गरेका थिए । अमेरिकामा पहिल्यै पन्पनाइरहेको मुस्लिमविरोधी ज्वारलाई भड्काएर असम्भवजस्तो लाग्ने उम्मेदवारी हत्याएका थिए । मुस्लिमहरू तथा इस्लाम दुष्ट हुन् भन्ने हिसाबले मुस्लिमविरोधी जातिवाद उछालिएको छ । केही मुस्लिम अपराधमा संलग्न भएका आधारमा विचित्र बिम्ब बनाइएको छ ।

तर, गोरा जातिको वर्चस्वको माग गर्ने ड्यानिल रुफले चार्लेसटनमा नौ काला जातिका अमेरिकीको हत्या गरे । अमेरिकी भूमिमा आतंकवादी हर्कतबाट भएको अमेरिकीहरूको हत्यामा अधिक त गोरा अमेरिकी नै जिम्मेवार छन् । तर, आश्चर्यको कुरा ट्रम्पले गोरा अमेरिकीलाई लक्षित गरेको कुनै कार्यकारी निर्देशनमा हस्ताक्षर गरेका छैनन् । किनभने, इस्लाम र मुस्लिमलाई ‘बाहिरिया’ बनाइएको छ र उनीहरूलाई खराब र दुष्टका रूपमा देखाउने प्रयास गरिएको छ ।

महिलाविरुद्धको हिंसा, प्रतिष्ठाका लागि गरिने हत्यालाई आदेशमा दुईपटक उल्लेख गरिएको छ । हिंसाको यो विशेष प्रचलन अरब क्षेत्र र मुस्लिम समुदायमा छ भन्ने आमबहसमा पारिएको छ । यसले मुस्लिम महिला पुरुषहरूद्वारा दबाइएका छन् भन्ने व्यापक कथ्य सिर्जना गर्छ ।

अफगानिस्तानमाथिको हस्तक्षेपलाई समर्थन गर्नुपर्नाको कारणमा लाउरा बुसले मुस्लिम महिलालाई बचाउन भनेको स्मरण गरौँ त । खासगरी प्रतिष्ठाका लागि हत्या गर्ने प्रवृत्तिलाई विशेष रूपमा उल्लेख गरेका ट्रम्पले भ्रमित पार्न खोजेका छन् । यसले महिलाविरुद्धको हिंसा तिनीहरूको पिछडिएको संस्कृतिका कारण मूलतः मुस्लिम मामला हो भन्ने विचारलाई पुट दिन्छ ।

तर, अमेरिकामा प्रत्येक २० मध्ये एक, जसमा बहुसंख्यक महिला छन्, तिनका नजिकका पार्टनरबाट पीडित छन् । तैपनि, ट्रम्प यहीँ घरभित्र महिलामाथि भइरहेको हिंसाबाट बचाउने कुरा गर्दैनन् । बरु आफूलाई प्रतिष्ठाका लागि गरिने हत्याको विरुद्ध अभियानमा आफूलाई योद्धा बताइरहँदा महिला हिंसाविरुद्ध काम गर्ने निकायको बजेट कटौती गरिरहेका छन् ।

यसको अर्थ देशैभरि घरेलु हिंसा नियन्त्रण तथा संक्रमणकालीन उद्धार सेवा गर्ने कार्यलाई निरुत्साहित गर्नु हो । ट्रम्पले सीमामा पर्खाल निर्माण गरेर अमेरिकामा आइरहेका गैरकानुनी आप्रवासीलाई रोक्ने बाचा पनि गरेका छन् । मुस्लिममाथि प्रतिबन्ध र पर्खाल निर्माणको खेल के हो त रु निर्वाचन अभियानलाई नै उनले निरन्तरता दिन खोजेको देखिन्छ । उनले पर्खाल तथा प्रतिबन्धबाट उत्साहित हुने मानिसको ‘विदेशीलाई मन नपराउने’ फोबिया वा त्रासलाई पहिले गरेका बाचालाई लागू नगर्नका लागि उपयोग गरिरहेका छन् ।

नयाँ पत्रिका

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको