Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौं महानगरपालिका र नविल बैंकबीच ट्राफिक आइल्याण्डहरुको सौन्दर्यकरण सम्झौता

आइतबार, ०१ असार २०७६, १८ : १३ मा प्रकाशित

काठमाडौं महानगरपालिका र नविल बैंकबीच ट्राफिक आइल्याण्डहरुको सौन्दर्यकरण  सम्झौता

अर्थ संसार, काठमाडौं– नविल बैंक लिमिटेड तथा काठमाडौं महानगरपालिका बीच  शुक्रबार  बीच काठमाडौं महानगरपालिका क्षेत्र भित्रका नयाँ सडक गेट अगाडि पूर्व तर्फको र राष्ट्रिय सभागृह गेट अगाडि पश्चिम तर्फको सडकका ट्राफिक आइल्याण्डहरुमा एरोपोनिक प्रणालीबाट फूलका १२ वटा स्तम्भहरु जडान गर्ने विशेष सौन्दर्यकरण सम्झौता भएको छ ।

आधुनिक प्रविधिको एरोपोनिक प्रणालीबाट फूलको स्तम्भहरुमा नियमित पानीको spray/mist प्रवाहित गरी बर्षै भरी फूलफूलाई हरियालीयुक्त रमणीय बनाउन काठमाडौं महानगरपालिका तथा नविल बैंक लिमिटेडको सहकार्य रहने जनाइएको छ ।

काठमाडौं महानगरपालिका नगर प्रमुख बिध्या सुन्दर शाक्यले नबिल बैंक संगको यस सम्झौताले काठमाडौंको सुन्दरता बढाउने भएकोले धेरै उत्साहित भएको जानकारी दिनु भयो ।

उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले यस सहकार्यले नविल बैंकले अवलम्वन गर्दै आएको हरितकरण प्रयासलाई टेवा पूर्याई काठमाडौं महानगरपालिकामा रहेका सडकका ट्राफिक आइल्याण्डहरुमा सौन्दर्य वृध्दि गरी शहरको वातावरण समेतलाई सपार्ने विश्वास जनाउनु भयो ।

नविल बैंकले आफनो सेवाग्राहीलाई ७९ वटा शाखा संजाल, १३३ वटा  ATMर १५०० भन्दा बढी नविल रेमिट एजेन्ट मार्फत देशभरी सेवा दिदै आएको र विश्व भरी फैलिएका सम्पर्क कार्यालय मार्फत सेवा दिदैं The Bank of 1st Choice हुन सफल भएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको