Like us!
Follow us!
Connect us!
Watch us!

गण्डकीलाई उज्यालो बनाउन ५७ करोड बजेट विनियोजन

कमला भुसाल

सोमबार, ०२ असार २०७६, १० : ५१ मा प्रकाशित

गण्डकीलाई उज्यालो बनाउन ५७ करोड बजेट विनियोजन

अर्थ संसार, काठमाडौं- गण्डकी प्रदेश सरकारले उज्यालो प्रदेश बनाउन र बिद्युत लाइन बिस्तार गर्न करिब ५७ करोड बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७६/७७ को बजेट तथा कार्यक्रम सदनमा प्रस्तुत गर्र्दै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले उज्यालो प्रदेशको लागि ६ करोड र बिद्युत बिस्तारको लागि ५१ करोड सहित ५७ करोड विनियोजन गरेको जनाएका छन्।

पेट्रोलियम पदार्थको प्रयोगलाई प्रतिस्थापन गर्न जलविद्युत तथा बैकल्पिक ऊर्जाको उत्पादन र उपभोग बढाउन जोड दिदै प्रदेशले उज्यालो प्रदेश बनाउने सरकारको प्रतिवद्धतालाई पूरा गर्न सार्वजनिक, निजी, सहकारी र सामुदायिक क्षेत्रको सह९लगानीमा ऊर्जाको उत्पादन, वितरण र व्यवस्थापनमा जोड दिएको मन्त्री गुरुङले जनाए ।

गण्डकी प्रदेश उज्यालो प्रदेश घोषणालाई साकार पार्न आगामी आर्थिक वर्षमा राष्ट्रिय प्रशारण लाइन तत्काल पुर्‍याउन नसकिने तथा हालसम्म बत्ती बाल्न आधुनिक उर्जाको पहुँच नपुगेका मनाङ, मुस्ताङ, म्याग्दी, गोर्खा र लम्जुङका करिव १५ सय घरधुरीलाई सहुलियत दरमा र प्रदेश सरकारका ४ वटा मन्त्रालयमा नेट मिटरिगमा आधारित सौर्य ऊर्जा प्रबिधि जडान गर्न ६ करोड विनियोजन गरेको उनले जनाए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको