Like us!
Follow us!
Connect us!
Watch us!

सय रुपैयाँले बढेको मूल्य हेर्नुहोस कति पुग्यो

कमला भुसाल

सोमबार, ०२ असार २०७६, ११ : ०० मा प्रकाशित

सय रुपैयाँले बढेको मूल्य  हेर्नुहोस कति पुग्यो

अर्थ संसार, काठमाडौं- असार दुई गते अर्थात साताको दोस्रो दिन आज सोमबार सुनको मूल्य बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ६३ हाजर रुपैयाँमा कारोबार भएको छापवाला सुनको मूल्य आज १०० रुपैयाँले बढेर ६३ हजार १०० रुपैयाँमा कारोबार भएको छ। 

त्यसैगरी आज तेजाबी सुनको मूल्य पनि ६२ हजार ८०० रुपैयाँमा कारोबार भएको छ।  आइतबार तेजाबी सुनको मूल्य ६२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। आइतबारको तुलनामा तेजाबी सुनको मूल्य पनि १०० रुपैयाँले नै बढेको हो।  

महासंघले आज प्रति १० ग्राम छापवाला सुनको मूल्य ५४ हजार १०० रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५३ हजार ८४५ रुपैयाँ कायम गरेको छ। 

त्यसैगरी आज चाँदीको मूल्य स्थिर रहेर ७२० रुपैयाँमा कारोबार भएको छ।  महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ६१७ रुपैयाँ ५० पैसा कायम गरेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको