Like us!
Follow us!
Connect us!
Watch us!

कसरी फेर्ने ह्वाटसएपमा नोटिफिकेशन रिंगटोन ?

विहीबार, २० माघ २०७३, १३ : ४४ मा प्रकाशित

कसरी फेर्ने ह्वाटसएपमा नोटिफिकेशन रिंगटोन ?

अर्थसंसार
काठमाडौँ – के तपाई  ह्वाटसएप चलाउनुहुन्छ ? एपको सहायताले फोनकललगायत म्यासेज पठाउने गर्नुहुन्छ ? यसमा नोटिफिकेशन रिंगटोन कसरी फेर्ने भनेर अल्मलिनु भएको छ ? यसको रिंगटोन फेर्ने सजिलो उपाय छ ।

१. पहिले आफ्नो मोबाइल फोनमा ह्वाटस्एप खोल्नुहोस् ।

२. खोलेपछि तपाईले दायाँ साइडमा तिनवटा विन्दु भएको आइकन देख्न सक्नुहुन्छ । त्यसमा क्लिक गरेपछि सेटिङ्मा क्लिक गर्नुहोस् ।

३. सेटिङमा क्लिक गरेपछि नोटिफिकेशन अप्सन सेलेक्ट गर्नुहोस् ।

४. यहाँ नोटिफिकेशन रिंगटोन फेर्नका लागि तपाईंले धेरै अप्सन प्राप्त  गर्नुहुन्छ । गु्रप च्याटको लागि नोटिफिकेशन, विशेष व्यक्तिको म्यासेजको रिंगटोन आदि । यो अप्सनमध्ये आफूले फेर्ने चाहेको रिंगटोन राख्न सक्नुहुन्छ ।

५. यसको अलावा तपाईले नोटिफिकेशन रिंगटोन साइलेन्टमा राखेर बन्द पनि गर्न सक्नुहुन्छ ।

६. नोटिफिकेशनको तलपट्टी आउने भाइब्रेशन अप्सनमा गएर त्यसलाई आफूले चाहेअनुसार खुल्ला या बन्द गर्न सक्नुहुन्छ ।

 

58930d9e1a1a9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको