Like us!
Follow us!
Connect us!
Watch us!

चिरन्जिवी नेपाललाई नेपाल नेपाल पूँजी बजार लगानीकर्ता संघको १५ बुँदे सुझाव

सोमबार, ०२ असार २०७६, १७ : ४२ मा प्रकाशित

चिरन्जिवी नेपाललाई नेपाल नेपाल पूँजी बजार लगानीकर्ता संघको १५ बुँदे सुझाव

नेपाल पूँजी बजार लगानीकर्ता संघले आगामी आ. ब. २०७६/०७७ को मौद्रिक नितिमा समावेस गर्न सोमबार चिरन्जिवी नेपाल समक्ष बुझाएका बुद्धाहरु :

१) सेयर लोनमा लगाईयको चर्को बैंक ब्याज घटाईनु पर्छ ।

२) सेयर धितो कर्जाको सिमा ६५% बाट ८०% सम्म पुर्याउनु पर्छ ।

३) सबै लगानीकर्ताको हातमा सर्बसुलभ तरिकाले online trading system पुर्याईनु पर्छ । ४) RWS लाई अँझ व्यापक बनाईनु पर्छ ।

५) गत बर्ष बजेट मार्फत आएको बैंकलाई ब्रोकर लाईसेन्स दिने कुरा यथा सक्य छिटो दिने तर्फ कदम चालियोस ।

६) सेयर शिक्षा तथा अभर्नेस प्रोग्रामहरु देश ब्यापी बनाउने तर्फ ध्यान दिईनु पर्छ ।

७) बजेट मार्फत गैरआवासिय नेपाली संघलाई नेपालमा पूँजी बजारमा लगानी गर्ने दायरा फराकिलो बनाइन्छ भनिएको छ, त्यसलाई यथा शक्य छिटो कार्यान्वायनमा ल्याईनु पर्छ ।

८) सेयर बजारमा महिला सहभागिता बढाउन घर जग्गा कारोबारमा जसरी छुट दिने व्यबस्था गरिएको छ त्यसै गरि सेयर कारोबारमा पनि महिलालाई छुट दिने व्यबस्था गर्नु पर्छ।

९) पूँजीबजारमा अधिक सप्लाई सोस्ने संयन्त्र भएन त्यसैले बजामा रहेका ठूला ठूला कोषहरुलाई बजार निर्माताको रुपमा भित्र्याउने व्यबस्था गर्नु पर्छ ।

१०) समयमा बार्षिक साधारण सभा नगर्ने कम्पनीका संचालकहरुलाई ऐन नै संसोधन गरि कडा जरिवानाको ब्यबस्था गर्नु पर्छ ।

११) बैंकहरूले लगानीयोग्य पूँजीको कृत्रिम भुत देखाइ बेलाबेलामा सेयर बजारमा चलखेल गर्ने वातावरणको अन्त्य गर्नु पर्छ ।

१२) बैंकहरुमा रहेको तरलताको कारण बजारमा नकारात्मक असर परेको छ ।त्यसैले मौद्रिक नीतिमार्फत बैंकहरुको सी सी डी रेसियो केही समयलाई भने पनि ८५% गर्नु पर्छ ।

१३) लगानीकर्ताहरुको अर्को टाउको दुखाइको बिषय मार्जिन कलको "त्रास" पनि हो । केही हदसम्म गत बर्षको मौद्रिक नीति मार्फत सम्बोधन गरिएको थियो । यसलाई थप वृद्धि गरी मार्जिन कलको "त्रास" मूक्त लगानिकर्ता बनाउनु पर्छ

१४) सेयर धितो मूल्यांकनको ८० प्रतिशतसम्म कर्जाको सुनिश्चितताका गर्नु पर्छ ।

१५) जसरी बैंकहरुमा बिग मर्जरको होड चलाईएको छ त्यसै गरी च्याउ सरी खोल्न लाईसेन्स बितरण गरिएका लघुवित्तलाई समेत बिग मर्जरमा जान प्रोत्साहित गरिनु पर्छ । नयाँ लाईसेन्स बितरणत त ठ्याम्मै रोक्नै पर्छ ।

अन्त्यमा, स्मरण रहोस यिनै बुद्धाहरु लिएर केहि दिन अगाडी पूर्ब प्रधानमन्त्री एवं नेकपा का अध्यक्ष पुष्प कमल दाहाल ( प्रचण्ड  ) लाई पनि बुझाइएको छ !

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको