Like us!
Follow us!
Connect us!
Watch us!

अन्तर्राष्ट्रिय शिक्षाको सहि परामर्शको लागि शैक्षिक मेला हुँदै

सोमबार, ०२ असार २०७६, १८ : ५३ मा प्रकाशित

अन्तर्राष्ट्रिय शिक्षाको सहि परामर्शको लागि  शैक्षिक मेला हुँदै

अर्थ संसार, काठमाडौं  नेपाल शैक्षिक परामर्श संघले असार २६ गतेदेखि असार २९ गतेसम्म शैक्षिम मेला काकठमाडौंको भृकुटीमण्डपमा गर्ने भएको छ ।

१३ औं वृहत शैक्षिक मेलाबाट विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालाले अन्तर्राष्ट्रिय शिक्षा सम्बन्धि सहि जानकारी र परामर्श पाउन भन्ने अपेक्षा संघले लिएको छ  । शैक्षिक मेलामा एक लाख भन्दा वढिले अवलोकन गर्ने अपेक्षा गरिएको छ । यस मेलामा सहभागिता जनाउन विभिन्न देशका राजदुतावास तथा कुटनितिक नियोगहरुलाई समेत आग्रह गरिएको छ ।

यस मेलामा ईक्यानका सदस्य संस्थाका शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु तथा भारत, चीन, बंगलादेश, श्रीलंका, जापान, फ्रान्स, अमेरीका, बेलायत, न्युजील्याण्ड, अष्ट्रेलिया, नर्वे, फिनलैण्ड, मलेसिया, जर्मन, डेनमार्क, साईप्रस लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारीक प्रतिनिधिहरुको सहभागीता हुनेछ ।

नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावि सम्भावना एवम् अवसरहरु जस्ता विषयमा पर्याप्त सूचना प्रवाह गर्नुका साथै स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु, विश्वविद्यालयहरु र त्यहाँ प्राप्त हुन सक्ने छात्रवृत्ति, सुविधा एवम् गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीहरुको समुचित पहुँचको लागि परामर्श सेवा प्रदान गर्ने यस मेलाको प्रमुख उद्देश्य रहेको छ ।

ईक्यानको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यस मेलामा चारैदिन रक्तदान कार्यक्रम आयोजना गरिने छ तथा प्राथमिक उपचार केन्द्र तथा डेन्टल क्याम्पको पनि ब्यवस्था गरिने छ । वल्र्ड विजनेस म्यानेजमेन्ट एण्ड कन्सल्टयान्टस प्रा. लि.को व्यवस्थापनमा यो मेला सम्पन्न हुदैछ भने यस मेलाको प्रजेन्टरको रुपमा व्रिटिस काउन्सिल रहेको छ । 

बृहत शैक्षिक मेलामा वैदेशिक अध्ययनमा जाने हरेक विद्यार्थी तथा तिनका अभिभावकहरुको लागि, अन्तर्राष्ट्रिय शैक्षिक क्षेत्रका नविनतम जानकारी, विभिन्न देशका शिक्षा नीतिहरु, नीतिमा आएका परिवर्तनहरु, रहन सहन, हावा पानी, बातावरण, कलेज एवमं देश अनुसारको शुल्क तथा विदेश अध्ययनका लागि जाने नेपालि विद्यार्थीहरुका लागि चाहिने सवै विषयवस्तुहरुमा यथार्थ जानकारी लिन उचित थलो हुनेमा  क्यानका अध्यक्ष विष्णुहरी पाण्डेले बताउनुभयो ।   

‘यस पटकको मेलामा विगतमा भन्दा केहि नयाँ विशेषताहरु हुनेछन् ।’ नेपाल शैक्षिक परामर्श संघका महासचिव शेषराज भट्टराईले भन्नुभयो ‘  करिब ४०० सयको स्टल रहने प्रदर्शनी गृह पुर्णतया डस्टफ्रि  जोन (धुलो मुक्त क्षेत्र) हुनेछ । प्रदर्शन क्षेत्रभरी फ्रि वाईफाई, लाइभ टक सो को व्यवस्था हुनेछ । मेलाको अवलोकनलाई लक्षित बनाएर आउने विद्यार्थीहरुको लागि मात्र उपत्यकाका मुख्य रुटहरुमा निःशुल्क वससेवाको व्यवस्था हुनेछ ।’
 
शैक्षिक परामर्शदाता, विदेशी शैक्षिक संस्था, पार्टनर बैंक, एयरलाइन्स, ट्राभल एण्ड टुरिज्म पार्टनर लगायतको पनि सहभागीता हुने यस बृहत शैक्षिक मेलाका अधिकांश स्टलहरु बुक भईसकेको अवस्था छ ।

नेपालकै ठुलो एक मात्र शैक्षिक मेला आयोजनाको संघारमा उभिएर नेपाल शैक्षिक परामर्श संघले आफ्ना सम्पूर्ण सदस्य संस्थाहरुको तर्फबाट नेपाली विद्यार्थी तथा अभिभावक समुदाय समक्ष यस महत्वपूर्ण अवसरलाई भरपुर सदुपयोग गर्नु हुन विशेष आग्रह संघले गरेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको