Like us!
Follow us!
Connect us!
Watch us!

डलर सँगै अन्य देशको विदेशी मुद्राको भाउ बढ्यो

कमला भुसाल

मंगलबार, ०३ असार २०७६, १० : १९ मा प्रकाशित

डलर सँगै  अन्य देशको विदेशी मुद्राको भाउ बढ्यो

अर्थ संसार,काठमाडौं- नेपाल राष्ट्र बैंकले असार ३ गते अर्थात आज मंगलबारका लागि अमेरिकी एक डलरको खरिददर १११ रुपैयाँ ५५ पैसा कायम गरेको छ भने बिक्रीदर ११२ रुपैयाँ १५ पैसा कायम गरेको छ। सोमबार अमेरिकी एक डलरको खरिददर १११ रुपैयाँ ३९ पैसा र बिक्रीदर १११ रुपैयाँ ९९ पैसामा कारोबार भएको छ। हिजोको तुलनामा आज डलरको मूल्य बढेको छ।  

त्यस्तै आज एक युरोपियन युरोको खरिददर १२५ रुपैयाँ १३ पैसा कायम गरेको छ भने बिक्रीदर १२५ रुपैयाँ ८० पैसा कायम गरेको छ। सोमबार एक युरोपियन युरोको खरिददर १२४ रुपैयाँ ८५ पैसा र बिक्रीदर १२५ रुपैयाँ ५३ पैसामा कारोबार भएको थियो। 

त्यसैगरी आज केन्द्रिय बैंकले एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४० रुपैयाँ ३६ पैसा कायम गरेको छ भने बिक्रीदर १४१ रुपैयाँ १२  पैसा कायम गरेको छ। सोमबार एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४० रुपैयाँ २७ पैसा र बिक्रीदर १४१ रुपैयाँ २ पैसामा कारोबार भएको थियो। 

आज कुवेती एक दिनारको खरिददर ३६६ रुपैयाँ ७५ पैसा कायम गरेको छ भने बिक्रीदर ३६८ रुपैयाँ ७३ पैसा कायम गरेको छ।  

 

5d086ff89e434.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको