Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंक र एपोलो हस्पिटलबीच सम्झौता

कमला भुसाल

मंगलबार, ०३ असार २०७६, ११ : १३ मा प्रकाशित

एनआईसी एशिया बैंक र एपोलो हस्पिटलबीच सम्झौता

अर्थ संसार, काठमाडौं– एनआईसी एशिया बैंक लिमिटेड र एपोलो हस्पिटल, नयाँदिल्ली बीच सम्झौता भएको छ ।

दुई पक्षबिच भएको उक्त सम्झौता अनुसार बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई एपोलो हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १५ प्रतिशत सम्मको छुट प्रदान गन भएका छन् ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र एपोलो हस्पिटलको तर्फबाट हस्पिटलका उप–महाप्रबन्धक अजय भारद्वाजले हस्ताक्षर गरे ।

बैंकले हालसम्म २८४ शाखा कार्यालयहरु, २९४ एटिएम, ४५ वटा एक्सटेन्सन काउण्टर एवं ३२ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत् बैंकिङ सेवा प्रदान गर्दै आइरेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको