Like us!
Follow us!
Connect us!
Watch us!

गुराँस लाइफको ३ लाख २२ हजार कित्ता शेयर लिलामीमा आउँदै

कमला भुसाल

मंगलबार, ०३ असार २०७६, ११ : ४१ मा प्रकाशित

गुराँस लाइफको ३ लाख २२ हजार कित्ता शेयर लिलामीमा आउँदै

अर्थ संसार, काठमाडौं- गुराँस लाइफ इन्सुरेन्सले ३ लाख २२ हजार ५७६ कित्ता शेयर लिलामीमा ल्याउने भएको छ । कम्पनीले गत चैत २८ गतेदेखि जेठ १ गतेसम्म २ बराबर १ को अनुपातमा हकप्रद निष्कासन गरेको थियो।  उक्त समयमा हकप्रद शेयर बिक्री नभएपछि कम्पनीले अहिले बाँकी रहेको शेयर लिलामी प्रक्रियाबाट बेच्न लागेको हो ।

जसमध्ये कम्पनीले संस्थापक समूहको २ लाख ४० हजार ५७१ कित्ता जसमध्ये लगानीकर्ताले न्यूनतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। त्यसैगरी कम्पनीले सर्वसाधारण समूहको ८२ हजार ५ कित्ता शेयर लिलामी प्रक्रियाबाट बेच्नेछ । यसमा न्यूनतम १०० कित्ता र  १० अंकले भाग जाने सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ। यसमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले गरेको छ ।

असार ५ देखि १२ गतेसम्म बोलपत्र पेश गर्ने पाइनेछ ।  लगानीकर्ताले लक्ष्मी बैंकको बिर्तामोड, जनकपुर, विराटनगर, हेटौंडा, नारायणगढ, पोखरा, बुटवल, वीरगञ्ज, बाग्लुङ, दाङ, सुर्खेत, नेपालगञ्ज, धनगढी र महेन्द्रनगरबाट आवेदन दिन सकिनेछ कम्पनीले जनाएको छ । यसैगरी, लक्ष्मी क्यापिटल मार्केट, नयाँ बनेश्वर, काठमाडौंबाट पनि बोलपत्र बुझाउन सकिनेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको