Like us!
Follow us!
Connect us!
Watch us!

स्थानीय बासिन्दालाई हिमाल दोलखा हाइड्रोपावरको आइपीओ, छुटाउनु होला मौकाको फाइदा ?

मंगलबार, ०३ असार २०७६, ११ : ५५ मा प्रकाशित

स्थानीय बासिन्दालाई हिमाल  दोलखा हाइड्रोपावरको आइपीओ, छुटाउनु होला मौकाको फाइदा  ?

अर्थ संसार, काठमाडौं–  हिमाल दोलखा हाइड्रोपावर कम्पनीले  साधारण शेयर (आइपीओ)  निष्कासन गरेको छ ।  कम्पनीले गत जेठ १४ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आईपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले निष्कासन गरेको आईपी ओमा स्थानीय लगानीकर्ताले असार १३ गतेसम्म आवेदन दिन पाउनेछन्  । कम्पनीले  १०० रुपैयाँ अंकित मूल्यमा १६ लाख कित्ता आईपीओ बिक्री खुला गरेको छ ।  यो आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गरेको छ । 

जसमा आयोजना अति प्रभावित क्षेत्र इलाम जिल्लाको इलाम नगरपालिका वडा नं ९, १० र माई नगरपालिका वडा नं ९ का बासिन्दा तथा आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाका स्थानिय बासिन्दाले आवेदनदिन सक्नेछन् ।

कहाँबाटआवेदनदिने ?

स्थानीय लगानीकर्ताले लक्ष्मी बैंक, (चोक बजार–इलाम), एभरेष्ट बैंक (फिक्कल–इलाम), सिद्धार्थ बैंक (इलाम), सेन्चुरी बैंक (भानुपथ–इलाम), ग्लोबल आइएमई बैंक (फिक्कल–इलाम),  माछापुच्छ्रे बैंक (इलामं), एसबीआई बैंक (इलाम) र आयोजना स्थल इलाम नगरपालिका वडा नं ९ र १० बाट आवेदनदिन सकिन्छ । सी–आस्वा सेवाप्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन मिल्नेछ ।

प्रोजेक्टको विशेषताहरु :

  •  प्रति मेगावाट १७.१० करोड लागत

  • कम भुक्तानी अवधि

  •  परियोजना पहिले नै सञ्चालनमा

  •  इलाम जिल्लाको परियोजना प्रभावित क्षेत्रको स्थानीयहरुको लागि फोकस गरिएको

  •  इलाम जिल्लाको दोस्रो ठूलो परियोजना

  • कम्पनीले निर्माण गरिरहेको अर्काे ९७ मेगावाट क्षमताको इस्वा खोला आयोजनामा हिमाल दोलखा हाइड्रोपावरको १९ प्रतिशत अर्थात ५७ करोड लगानी रहेको छ । इस्वा खोला आयोजनाको लागत प्रतिमेगावाट १० करोड रहेको छ । इस्वा खोला आयोजन सम्पन्न भई संचालनमा आएपछि कम्पनीले प्रतिवर्ष २० करोड अम्दानी हुने अनुमान गरिएको छ ।  जसबाट प्रत्यक्ष फाइदा हिमाल दोलखा हाइड्रोपावरले निश्कासन गरेको आइपीओमा  लगानी गर्ने लगानीकर्तालाई पुग्नेछ ।

कम लागतमा निर्माण यसको यस हाइड्रोपावर कम्पनलिे आईपीओमा लगानी गर्ने स्थानीय लगानीकर्तालाई निकट भविष्यमै राम्रो मुनाफा दिने देखिन्छ । 

5d0888fa010ce.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको