Like us!
Follow us!
Connect us!
Watch us!

कैंची प्रहार गरी श्रीमतीको हत्या

रबिन दङगाल

मंगलबार, ०३ असार २०७६, ११ : ५१ मा प्रकाशित

कैंची प्रहार गरी श्रीमतीको हत्या

अर्थ संसार, डोटी- दिपायल सिलगढी नगरपालिका–३ दिपायलका कृष्ण नेपालीले कैंची प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायब निरीक्षक कमलापती पन्तले दिएको जानकारीअनुसार नेपालीले श्रीमती अन्दाजी ४० वर्षीया मीना नेपालीलाई लुगा काट्ने कैंची प्रहार गरी हत्या गरेका हुन् ।

सोमबार राति घरायसी झगडा हुँदा कृष्णले श्रीमती मीनाको घाँटी र ढाडमा लुगा काट्ने कैंची प्रहार गरी हत्या गरेका हुन् । हत्या गर्ने कृष्ण नेपालीलाई पक्राउ गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको